स्थानः होलीको दिन । घरको छाना । समयः दिउँसो ३ बजे, पात्रहरूः सुमन, आमा, बुवा, परपर काग कराइरहेको छ । वल्लो घर पल्लो घरमा बच्चाहरू होली खेलेर रमाइलो गरेको सुनिन्छ । पृष्ठभूमिमा होलीको गीत पनि बजिरहेको छ । त्यही हल्लाको बीचबाट सुमन आउँछ । सुमन : मैले कस्तरी रङ लगाइदिएँ, सबैलाई लगाइदिएको ।
बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो ।
मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गर्नुभएको छ ।
सङ्घीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई गत बर्सभन्दा झन्डै चार अर्ब रकम कम छुट्टाएपछि प्रदेश सरकारले पनि स्थानीय तहलाई अनुदान दिने बजेटमा कटौती गर्ने तयारी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएसँगै धेरै नेपाली खुसी भएका छन् । २०७२ सालको संविधान जारी हुनुअघि जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूको सन्तानलाई वंशजको अधिकार, आमाको नामबाट पनि नागरिकता, गैरआवासीय नेपाली
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुभएको छ । सरकारले कृषिमा आमूल परिवर्तन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पु-याउने कृषि क्षेत्र खुम्चँदै गएको अवस्थामा सरकारले उच्च प्राथमिकता दिई बजेट विनियोजन गरेको छ । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ बजेटले कृषि
गणतन्त्र घोषणा भएको १५ वर्ष पुगेको छ । यस अवधिमा नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । शिक्षा, स्वास्थ्य, विकास निर्माणका साथसाथै नेपालको संविधान २०७२ लाई शिरोपर गर्दै सङ्घीयताको भावना र मर्मबमोजिम तीनै तहका सरकार सञ्चालन भई नागरिक हकहितमा क्रियाशील छन् । देशकै लागि आफ्नो ज्यानको कुनै पर्वाह नगरी आहुति दिने वीर सहिदकै कारण देशले नयाँ काँचुली फेरेको दृष्टान्त कहीँ कतैबाट छिप्न सक्दैन । देशलाई सही दिशातर्फ अघि बढाउन, हत्या, हिंसाला
हाम्रो नगरमा पहिले हामी गरौँ ! अरूले पछि गर्लान्, अहिले हामीले गरौँ ! आजसम्म दलले गरे, अब बदल्नेले गरौँ ! यही प्रतिबद्धतासहित बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरको बागडोर सम्हालेको करिब एक वर्ष बितिसक्यो । महानगरवासीका धेरै अपेक्षामध्ये बालेनले एक वर्षको अन्तरालमा गरेका केही कार्यले भने काठमाडौँवासी उत्साहित देखिन्छन् । विगतमा राजनीतिक दलबाट निर्वाचित भएका मेयर राजनीतिक दाउपेचमा मात्र रुमलिरहेको आभास हुन्थ्यो । बालेनले प्रमुख पदमा रहँदा एक वर्षको समयमा जे
रुकुमपश्चिमका विभिन्न सडकखण्डमा बिनाअनुमति यातायातका साधन सञ्चालन गरिँदै आएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले रुकुमपश्चिमका साथै जाजरकोटका विभिन्न सडकमा अनुमति नलिई यातायातका साधन सञ्चालन हुँदै आएको जनाएको छ ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच झुलाघाटमा मोटरेबल पुल निर्माण गर्ने सहमतिपछि बैतडीमा खुसियाली छाएको छ । बिहीबार नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले झुलाघाट नाकामा पक्की पुल निर्माण गर्ने घोषणा गर्नुभएको हो ।
पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ ।
केही महिनाअघि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाकी १४ वर्षीय बालिकाले विद्यालय पोसाक सिलाएबापतको पैसा तिर्न नसक्दा घरमा झुन्डिएर आत्महत्या गर्नुभयो। पोसाक सिलाएबापतको ज्याला तिर्न आमाले दिएको पैसाबाट डेढ सय रुपियाँ खाजामा खर्च गरेर बाँकी रहेको पैसा दिँदा पसलेले पोसाक दिन नमानेपछि नपुग पैसा दिन घरपरिवारले नमानेपछि उहाँले आत्महत्याको बाटो रोज्नुभएको थियो। यस्तै काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकाका एक व्यक्तिले घरपरिवारलाई थाहै नदिई गाउँमा रहेको सहकारी संस्थाबाट ऋण लिएको एक लाख रुपियाँ मादक पदार्थ सेवनमै खर्च गरेपछि ऋण तिर्न नसकेपछि आत्महत्या गर्नुभएको थियो।
चितवनको नारायणी नदी नियन्त्रणका लागि गरिँदै आएको तटबन्ध निर्माणका लागि समयमा बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको छ। चार वटा खण्डमा विभाजन गरेर नारायणी नदीको पुलबाट दक्षिण मेघौली गोलाघाटसम्मको तटबन्ध निर्माणमा बजेट अभाव भएको हो। स्रोत सुनिश्चित भएको तर समयमा बजेट निकासा नभएका कारण समयमा काम सम्पन्न हुन नसक्ने देखिएको हो। “काम गरेको निर्माण कम्पनीले भुक्तानी पाएको छैन। हामीले यस विषयमा धेरै पहल गरेका छौँ तर पर्याप्त बजेट निकासा हुन सकेको छैन,” नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शङ्कर बुढाथोकीले जानकारी दिनुभयो।