सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ‘राडार गन’ मार्फत सवारी साधनको गति मापन र कारबाही सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ ।
प्रविधि प्रेमी, प्राविधिक विषय अध्ययनरत विभिन्न तहका विद्यार्थी तथा प्राविधिक व्यवसायीलाई समावेश गर्दै प्रविधिको क्षेत्रलाई थप परिष्कृत गर्ने ध्येयले सगरमाथा इन्जिनियरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरले ‘सगरमाथा टेक फेष्ट २०२३’ आयोजना गर्ने भएको छ ।
सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
प्रशासनको नेतृत्वमा मङ्गलबार नेपालगन्जका विभिन्न मिठाई पसलहरुमा अनुगमन गरिएको हो ।
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउनुभएको छ । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहँदै मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
विद्रोही समूह हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।
गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको सङ्ख्या १८ हजार चार सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।
बुधबार सुनको मूल्य पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर एक लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल प्रहरी श्रीमती सङ्घले जाजरकोट भूकम्पबाट पीडितहरूलाई राहत वितरण गरेको छ ।
लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो ।
सन् २०२३ मा करिब एक वर्षको अवधिमा ८७ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९५ जना पीडित छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा अवरोध नगर्न पहिचान पक्षधर नेता कार्यकर्तासँग आग्रह गरेको छ।