नेपाल सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ ।
नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्त्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्यास गरिएको छ ।
काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नेपालमा नै पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ नाराका साथ तेस्रो ज्ञानकुञ्ज रोड रेस २०८० आयोजना गर्ने भएको छ ।
अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत निगमले नै तल्लो अरुण जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ ।
दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।
बुद्ध मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन् सुरु भएको छ । बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो ।
इन्धन ढुवानीमा ठुलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका –६ मटरियामा प्रेमिकासँग खटपट परेपछि एक युवाले आफ्नै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालयले आज त्रिशूली नदीमा आयोजना गरेको अनुकरणीय अभ्यासमा गोतखोरहरुले पानीमा बग्दै बचाउ बचाउ भनी चिच्याएका व्यक्तिलाई डोरीको सहायताले तानेर उद्धार गरे ।
सुदूरपश्चिम प्रदेशको आठ जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्त भएको छ । कैलालीसहित पहाडी सबै जिल्ला सक्रिय सङ्क्रमितमुक्त भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ ।
घाँस काट्न गएको बेलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । रामारोशन गाउँपालिका–५ की ६२ वर्षीया पारुदेवी बुढाको बिहीबार बिहान भीरबाट खसेर मृत्यु भएको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता दिने गरी कार्यविधि बनाएको हो ।