दुर्लभ वन्यजन्तुको प्रमुख बास स्थानकोरुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड)मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् आमसभा कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ।
इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।
झापाको मेचीनगर नगरपालिकाले तीन पाङग्रे (ई-रिक्सा) दर्ता सहित ‘रुट परमिट’ जारी गर्ने भएको छ। मेचीनगर नगरपालिकाको ई–रिक्सा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम नगर क्षेत्रभित्र रुट र सङ्ख्या तोकेर ई–रिक्सा दर्ता गर्ने भएको हो।
अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो ।
बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भागस्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ ।
पोखराको सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । आगलागीले करिब ६० लाखको क्षति भएको बताइएको छ ।
सहकारी संस्थालाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
गिद्धहरूको संरक्षणका लागि गिद्ध रेष्टुरेन्ट सञ्चालन गरिने भएको छ । रेसुङ्गा क्षेत्रको चौतारामा स्थानीय गाईहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न २०४२ सालदेखि नै गौशाला स्थापना गरी गाई पालन गरिँदै आएको छ ।
दैलेख गुराँस गाउँपालिका-७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष हुनुभयो । उहाँले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रशस्त थिए । जब पैयुँ फुल्न थाल्थ्यो त्यतिबेला वनमा नै ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैँयुका बिरुवाहरु हराउँदै गएको भन्दै भीमबहादुर चिन्ता व्यक्त गर्नुहुन्छ ।
युक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गगलबार मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा शान्ति र सुरक्षाको महत्त्वलाई जोड दिँदै सबै उपायहरूले अन्ततः तनाव रोक्न योगदान पुर्याउनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ टोली बिहीबार धनकुटा आइपुग्ने सो पार्टीले जनाएको छ ।
निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगर सह-लगानी खोनेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो ।