सम्झौता अनुसार काम भएको भए तीन महिनाअघि नै रुकुम पश्चिम रुकुमपूर्वलाई जोड्ने एक महत्वपूर्ण पुल बनिसक्थ्यो। दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको सडक अन्तर्गतको सिस्ने गाउँपालिका–७ स्थित नाथिगाड खोलामा पक्की पुल निर्माण अवधि समाप्त भएर पनि पुल बन्न सकेको छैन। निर्माणको जिम्मा लिएको धुलिखेल–सिस्ने हिमाल जेभीको लापरबाहीले रुकुम पश्चिम–रुकुमपूर्वलाई जोड्ने सिस्ने–७ स्थित नाथिगाड खोलामा गत फागुन महिनाभित्र बनिसक्नुपर्ने पुल अझै निर्माण भएको छैन।
म्याग्दी जिल्लाको बेनी नगरपालिकाले कोल्ड स्टोर निर्माण थालेको छ। बेनी नगरपालिकाले फलफूल तथा तरकारी सञ्चय गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस् भनेर कोल्ड स्टोर निर्माण थालेको हो। कोल्ड स्टोर निर्माण गर्नका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा एक करोड ९० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। कोल्ड स्टोर निर्माणका लागि एक करोड ८३ लाख ४४ हजार ३७२ रुपियाँ लागत अनुमान गरिएको थियो।
विराट राजाको दरबार क्षेत्रमा कीचकवध पोखरी निर्माण भइरहेको छ। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बिहीबार पोखरी निर्माणको अवस्थाका विषयमा स्थलगत निरीक्षण गर्नुभएको छ।
आन्तरिक मिलेमतोमा नक्कली बैङ्क ग्यारेन्टी (बैङ्क एडभान्स पेभमेन्ट ग्यारेन्टी) कागज पेस गरी दुई करोड भुक्तानी भएको रहस्य खुलेको छ। एचटिसी कन्स्ट्रक्सन नारायण जेभीले पेस गरेको बैङ्कको नक्कली ग्यारेन्टी कागजातका आधारमा सप्तरीको रुपनी गाउँपालिका कार्यालयले दुई करोड रुपियाँ भुक्तानी दिएको हो।
सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार २५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनामसमक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरेको थियो । हायसँगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबिच व्यापार अभिवृद्धि, लगानी प्रवर्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभएको चेम्बरले जनाएको छ ।
धार्मिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको हुम्लाको खार्पुनाथ शिवालयको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेसँगै भक्तालुहरूलाई सहज हुने भएको छ । कर्णाली र दोजाम कर्णालीको दोभानमा रहेको यस परम्परागत मन्दिरलाई यसअघि आधुनिक संरचनामा निर्माण गरिसकिएको छ । शिवालयलाई आकर्षक बनाउन एक वर्षदेखि विभिन्न संरचना निर्माण भइरहेको थियो ।
सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘राधा’ ले फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फामे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा तीन विधामा अवार्ड प्राप्त गरेको छ । अमेरिकामा ‘राधा’ को विशेष प्रदर्शनीमा व्यस्त रहनुभएका थापाले फेस्टिभलमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ, उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भएको जानकारी दिनुभयो । सो फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ लेखन, निर्देशन, अभिनय, चलचित्र सेट डिजाइन, सम्पादन तथा छायाङ्कनलगायत सात विधामा मनोनयनमा परेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका व्रmममा भएका विभिन्न विषयमा उच्चस्तरीय सहमति भएका छन्।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थप गर्ने विषयमा कोरिया सरकार सकारात्मक रहेको बताइएको छ । दक्षिण कोरिया सरकारको मानव स्रोत व्यवस्थापन सेवाको आयोजनामा जेठ १२ देखि १९ सम्म इपिएसमार्फत कोरियामा पठाउने नेपाल र श्रमिक लिने देश कोरियाबिच भएको छलफलमा कोरियाली पक्ष नेपाली श्रमिकको कोटा बढाउन सकारात्मक भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ। आज साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको हो।
साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गरेकाे छ।
नेपाली चलचित्र मीरा : स्याडो अफ अ रेन्बोको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको चलचित्रको पोस्टरमा दुई महिला र एक बालकलाई राखिएको छ । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्विन घिमिरेलाई देख्न सकिन्छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगका प्रमुख डा. पुष्पराज कँडेलले मुलुक अहिले आर्थिक सङ्कटमा परेको सत्य भएको र सरकारले राजस्व असुलीमा तीव्रता दिए मात्र आर्थिक सङ्कटबाट पार लाग्न सकिने बताउनुभएको छ ।
मनसुनजन्य प्रकोपबाट हुनसकक्ने मानवीय क्षति कम गर्न सशस्त्र प्रहरीले ७४ जना विशेष तालिम प्राप्त गोताखोर तयारी अवस्थामा राखेको छ ।