झापाको बाह्रदशी गाउँपालिका १ खयर बारीमा जङ्गली हात्ती मृत फेला परेको छ ।
पूर्व विद्यार्थी मञ्चले श्रवण माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपट वितरण गरेको छ । पुतली बजार–१४, लामागेमा रहेको श्रवण मावि अध्ययनरत १२३ जना विद्यार्थीहरूलाई एक लाख २५ हजार रुपियाँ बराबरको न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाका सदस्य भैरवसुन्दर श्रेष्ठलाई मुलुकमा सुशासन कामय, विकास र पूर्वाधारमा ध्यान दिएर जनताको जीवनस्तरमा सुधार गर्न नसकेको महसुस भएको छ । जनता अनेक खालका पीडामा छट्पटाइरहेको अवस्थामा सत्ता सञ्चालन गर्नुपर्नेको ध्यान पीडितको मागतर्फ पुग्न नसकेको उहाँको अनुभव छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रिय सभाको निर्वाचन, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिनुभयो । बिहीबारबाट सुरु हुने बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीतर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने बताइएको छ । साथै बैठकमा इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनबारेमा समेत छलफल हुने छ ।
अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ।
हिमपातका कारण नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी आउजाउ बन्द भएको छ । लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको हो । लिमीका स्थानीय निमा तामाङले सोमबार परेको बाक्लो हिमपातका कारण लिमी आउजाउ बन्द भएको जानकारी दिनुभयो । लिमी जाने दुई वटा नाका चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएका कारण सडक अवरुद्ध भएका कारण लिमी आउजाउ बन्द भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम भनेको फोन मात्र हो ।
नेपालका लागि इजरायली राजदूत हेनान गोडरले हमासको आक्रमणमा परी मृत्यु भएका विद्यार्थीको परिवारसँग भेट गर्नुभएको छ । घोडाघोडी नगरपालिका–४, जनकपुरस्थित मृतक नारायणप्रसाद न्यौपानेको घरमै पुगेर राजदूत गोडरले परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेको पाइएको छ । कात्तिक–मङ्सिरमा गहुँ खेती सकेर केही महिना मजदुरी गर्न भारत हिँडेको बुढीगङ्गा नगरपालिका–१० का धनबहादुर सार्कीले बताउनुभयो । गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्सातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको भनाइ उहाँको छ ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० मा रहेको बुलबुले ताल हिजोआज निकै आकर्षक बन्दै गएको छ। बुलबुले सामुदायिक वन क्षेत्रमा रहेको उक्त प्राकृतिक ताल सानो भए पनि बुलबुल भनेर कराउँदा बुलबुले निस्कने अनौठो विशेषता रहेको छ। यस तालमा पानीको फोका उठ्ने गर्दछ। मानिसले जति धेरै ‘बुलबुल’ भनेर चिच्यायो उति नै फोका जमिन मुनिबाट निस्केको दृष्य प्रस्ट देख्न सकिन्छ। सामुदायिक वन उपभोक्ता समितिले घेराबार गरेर तालको संरक्षण गरेको छ।
अनुदानको बिउ पाउँदा किसान खुसी भएका छन् । बाराका अधिकांश पालिकाले आफ्नो कृषि शाखामार्फत ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बिउ उपलब्ध गराउँदै आएका छन् । पालिकाहरूले ७० रुपियाँ प्र
कर्णाली प्रदेशभित्र बसोबास गर्ने वादी समुदायको ठुलो सङ्ख्या भूमिहीन रहेको पाइएको छ । बादी समुदायको विकास र उत्थानका लागि गठित कार्यदलले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यो समुदायमा भूमिको समस्या मुख्य रहेको बताइएको छ । सात जिल्लाका दुई हजार चार सय नागरिकसँग प्रत्यक्ष रूपमा समूहगत छलफल गरेर प्रतिवेदन तयार पारिएको अध्ययन टोलीकी सरस्वती सापकोटाले बताउनुभयो । उहाँका अनुसार सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, जाजरकोट, सल्यान र रुकुमपश्चिमका बादी घरपरिवार भूमिहीन रहेको पाइएको छ । अधिकांश नागरिक ऐलानी, पर्ती, सरकारी जग्गामा बसोबास गरिरहेको र केही परिवार मात्र निजी स्वामित्वको जमिनमा बसे पनि उनीहरूको खेतीयोग्य जमिन नरहेको देखिएको छ । ऐलानी जग्गामा बसोबास गरिरहेका दैलेखको नारायण नगरपालिका र रुकुमपश्चिमको बादी बस्ती पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । २०६८ को जनगणना अनुसार कर्णालीमा पाँच हजार ४२१ वादी समुदाय रहेको पाइएको छ ।
आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।