सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेको छ । जेठ १६ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशका ३१ वटा रुटमा लामो, मध्यम र छोटो दुरीमा चल्ने सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो। सरकारले कायम गरेको नयाँ भाडादरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि बिहीबारदेखि लागु भएको छ। सरकारले निर्धारण गरेको भाडादर अनुसार सबैभन्दा बढी टीकापुर–साँफेबगरसम्मको भाडा रहेको छ।
शीत युद्ध आफ्नो उत्कर्षमा पुगेको अवधि सन् १९७० को दशकमा अमेरिकी गुप्तचर संस्था सीआईएले सोभियत सङ्घको जासुसी गर्न ‘माइन्ड रिडर्स’ अर्थात् मनका कुरा जान्ने मानिसहरू परिचालन गर्न सुरु गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले आफ्ना महत्वपूर्ण माग सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले चिन्ता जनाएको छ । आगामी असार ४ गतेसम्म सरकारले माग सम्बोधन नगरे देशभरका निर्माण कार्य ठप्प पर्ने चेतावनी दिएका छन् । व्यवसायीले आफूले पाएको अनुमतिपत्रसमेत सरकारलाई फिर्ता गर्ने बताएका छन् ।
विकास निर्माणका काममा आउने अवरोधले तोकिएको समयमा काम हुन नसक्ने ठूलो समस्या हाम्रा निम्ति नयाँ होइन । अनेक अवरोधले तोकिएको समयमा निर्माण सम्पन्न हुन समस्या आउने गर्छ । गल्छी–रसुवागढी सडक नेपाललाई उत्तरी छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने महत्वपूर्ण मार्ग हो । नेपाललाई उत्तरी छिमेकीसँग जोड्ने
प्रतिनिधि सभामा अघिल्लो साता दुई विषयमा सांसदले सांसदले बोलेकै विषयमा आपत्ति जनाए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले त संसद् अवरुद्ध नै गरे । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई संसद् अवरोध गर्नै पर्नेथ्यो भन्नेसमेत लाग्यो किनभने उहाँकै नाम जोडेर सांसदले प्रश्न उठाएका थिए । संविधान जारी गर्दाका संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि ओलीमाथिको आरोप असह्य भयो र उहाँकै भाषामा नचाहेर उहाँ
देशका छ वटा प्रदेशमा चिकित्सा शिक्षा अध्ययन सुरु भएको वर्षौं भइसक्दासमेत सुदूरपश्चिममा यस विषयको पढाइ सुरु हुन सकेको छैन । चिकित्सा शिक्षामा पनि एमबिबिएसमा देशभरि निजी र सरकारी गरी २१ वटा शिक्षण संस्थामा प्रत्येक वर्ष करिब एक हजार ८९५ विद्यार्थी अध्ययनरत छन् । यसका साथै चिकित्सा शिक्षाका विभिन्न विधामा र विभिन्न तहमा अध्ययन–अध्यापन भएको वर्षौं भइरहेको छ ।
नयाँ आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेटको छलफल संसद्मा आरम्भ हुँदै छ । देशको अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा परेका बेला यो बजेटमा छलफल हुँदै छ । संवैधानिक प्रावधान अनुसार जेठ १५ गते अर्थमन्त्री डा प्रकाशहरण महतले प्रस्तुत गर्नु भएको यो बजेट नयाँ आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल
स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले पदभार सम्हालेको एक वर्ष पूरा भएको छ। बुटवलले देशकै प्रमुख औद्योगिक, पर्यटकीय तथा ऐतिहासिक सहरका रूपमा स्थान बनाएको छ। त्यसैले अन्य स्थानीय तहको भन्दा बुटवल उपमहानगरका आवश्यकता र चुनौती फरक छन्। यसै सन्दर्भमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसँग गोरखापत्रका भुवन कार्कीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आउनुभएको छ। घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाउनुभएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा गएर अध्ययनरत हुनुहुन्छ। सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय आउने गरेको बताउनुहुन्छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेश सभामा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता अर्थात् पूर्वबजेटमाथि आइतबारदेखि छलफल सुरु भएको छ। सभामा प्रदेश सांसदहरूले कृषिले प्रदेशको जिडिपी बढाउने भएको हुँदा कृषिमा बढी बजेट विनियोजन गर्न आग्रह गर्नुभएको छ।
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षा लागु गर्ने तयारी गरेको छ। शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागु गर्नका लागि विषयविज्ञसँग छलफल थालेको हो। महानगरले आइतबार विषयविज्ञ र सरोकारवालासँग आयोजना गरेको छलफल तथा अनुभव आदानप्रदान कार्यव्रmममा सहभागीले बदलिँदो समयसँगै परिवर्तन हुन नसके पछाडि परिने बताउनुभयो। डिजिटल साक्षरतासँगै प्रविधिमा आधारित शिक्षा दिन सके विश्वका जुनसुकै मुलुकमा गएर पनि रोजगारी पाउने उहाँहरूको
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नारायणी नदी किनारको चौरमा गाडेको फोहोर उद्योग वाणिज्य सङ्घ चितवनले निकालेर विसर्जन स्थलमा फालेको छ। सर्वोच्च अदालतले नदी किनारमा गाडेको फोहोर निकाल्न आदेश दिएपछि उद्योग वाणिज्य सङ्घले गाडेको फोहोर निकालेर फालेको हो। गत पुस महिनामा सङ्घले चितवन महोत्सव गर्नका लागि भन्दै बाढीले खाल्टो बनाएको स्थानमा फोहोर गाडेर जमिन सम्याएको थियो। उद्योग वाणिज्य सङ्घले पुसमा फोहोर गाडेपछि चौतर्फी विरोध भएको थियो। विरोधपछि अदालतमा मुद्दा दायर भएको हो।
प्राकृतिक व्यक्तिले सेयर कारोबार गर्दा हुने लाभमा हाल लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर हुने सरकारले स्पष्ट पारेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २९ मा उल्लेखित व्यवस्थाको विरोधमा अर्थ मन्त्रालय पुगेका लगानीकर्ताको टोलीलाई सरकारले प्राकृतिक व्यक्तिको हकमा सेयर बिक्री गर्दा पुँजीगत लाभकरबाहेक अन्य कर थप नगरिएको स्पष्ट पारेको हो