कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र वृहत परमाणु परीक्षण प्रतिबन्ध सन्धि संस्था (सिटिबिटिओ)का कार्यकारी सचिव डा. रोबर्ट फ्लोयडबीच भेटवार्ता भएको छ ।
काठमाडौं महानगरपालिका –१३ ताहाचलस्थित जनप्रभात माध्यमिक विद्यालय परिसरमा सोमबार ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ मूल नाराका साथ वृक्षारोपण गरिएको छ । वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा जडीबुटी तथा फलफुलका १०८ बोट रोपिएको छ ।
पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो हुनुभएको छ । ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो हुनुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकलाई तरङ्गित गरेको भन्दै मुलुकको भूमि साटफेरको विषय उठाउनु उचित नरहेको बताउनुभएको छ ।
बढ्दो जनघनत्व र फैलँदो सहरीकरणले मौलिकता गुमाउँदै गएको सहरोन्मुख बर्दिबासको एउटा घर अहिले चर्चा र आकर्षणको केन्द्र बनेको छ ।
यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज (सोमबार) भने दोहोरो अङ्कको गिरावट देखिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्ले दुई दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि सदनमा ल्याउनु संसद्कै अपमान हुने बताउनु भएको छ ।
कपिलवस्तुको बाणगङ्गा नदीको चारमौजा सिँचाई कुलोको बाँध भत्किँदा कृषकहरूले सास्ती खेप्नु परेको छ । बाणगङ्गा नदीको खुटेनीमा रहेको बाँध भत्किएपछि सिँचाइको समस्या भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ ।
पछिल्लो समय बाजुराको सदरमुकाम मार्तडी बजारको मुहार फेरिँदै गएको छ । बडिमालिका नगरपालिले मार्तडीमा रहेका पुराना भौतिक संरचनाहरू भत्काउँदै भूकम्प रहित नयाँ घर सडक निर्माण गरेपछि जिल्ला सदरमुकाम मार्तडी बजारको मुहार फेरिँदै गएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका –१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् ।
भीरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । अदानचुली गाउँपालिका –१ को कल्खे गाउँका युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुख फर्कने क्रममा भीरबाट लडेर उहाँको मृत्यु भएको हो ।
अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री उमाकान्त चौधरीको माता मदेशिया थरुनीको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । सो दलले आज विज्ञप्ति जारी गर्दै थरुनीको निधनप्रति शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको हो ।