खोटाङको रावा बेसी गाउँपालिकाले विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरूलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको हो ।
धनकुटाको चौबिसे गाउँपालिकास्थित तमोर नदीको किनारमा थुप्रिएको बालुवामा तरकारी खेती गरी मनग्गे आम्दानी भएको छ ।
काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकामा बिजुली आएपछि यहाँका स्थानीयमा खुसी छाएको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल वर्षाका कारण सो पालिकामा रहेको भुवाँखोला जलविद्युतको नहर भत्किँदा यहाँका स्थानीयलाई सात महिना देखि अँध्यारोमा बस्न बाध्य थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि सङ्गठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएडबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन हुनुभएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।
आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
जलवायु परिवर्तनका प्रमुख समस्या र ग्रामीण समुदायमा पर्ने असरबारे सहभागिहरु ‘ग्रीन स्कूल’ अवधारणा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडौं बिश्वबिद्यालय स्कुल अफ एजुकेशन (कुसोइड), विकास शिक्षा विभागले आयोजना गरेको ‘ग्रीन स्कुलः एजुकेशन फर सस्टेनेबल प्लानेट’ कार्यक्रममा सहभागीहरुले अहिलेको हरित विद्यालयमा भविष्य सुरक्षित गर्न र ग्रहलाई दिगो बनाउन यसमा लगानी अन्तिम बिकल्प भएको बताउनुभयो
हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो ।
पछिल्लो समयमा नेपाली शिक्षा प्रणालीमा व्यावहारिक ज्ञानको अभाव देखिन थालेको छ। परीक्षा प्रणालीमै अनेक कमजोरी देखिएको छ। प्रश्नपत्रमा समेत यथास्थिति छ। अघिल्ला वर्षहरूको परीक्षामा आएका प्रश्नका जवाफ रटेर, घोकेर परीक्षाको तयारी गर्ने परम्परा छ। सीमित प्रश्नको जवाफले उत्तीर्ण हुने प्रवृत्ति निकै बढिरहेको तथ्य यथार्थ हो। विडम्बना पनि कस्तो रहिआएको छ भने अघिल्ला वर्षका परीक्षाहरूमा सोधिँदै आएका प्रश्नहरू पछिल्ला वर्षहरूमा समेत दोहोरिँदै आ
अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं. १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।
न्यायिक प्रक्रियामा भएको गल्ती कमजोरी सच्याउन राष्ट्रको सर्वोच्च नेताको स्वविवेकमा प्रयोग हुने माफीको अधिकार सर्वस्वीकार्य संवैधानिक पद्धति हो। न्यायाधीशहरू पनि मानवीय इच्छा, आकाङ्क्षा तथा सांसारिक क्रियाकलापबाट प्रभावित हुने हुँदा निजहरूबाट गरिएको न्याय प्रशासनमा पूर्ण र त्रुटिरहित हुन सक्दैन। त्यसकारण संसारका सबैजसो संविधानमा राष्ट्राध्यक्षलाई माफी गर्न सक्ने न्यायिक शक्ति प्रदान गरिएको हुन्छ। कानुनबमोजिमको शासन कानुनको शासनबाट प्रसिद्ध छ र आधुनिक प्रजातन्त्रको विकासमा कानुनको शासनको ठुलो महत्व छ तर पनि कानुनको कठोर शासनबाट कहिलेकाहीँ ठुलो अनर्थ भएको हुन सक्छ। क