जाजरकोटमा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम नमुनाको रूपमा विकास हुँदैगएको छ । नेपाल सरकार, बेलायती राजदूतावास, विश्व खाद्य कार्यक्रम र कर्णाली प्रदेशका १५ वटा स्थानीय तहहरूसँगको साझेदारीमा सो कार्यक्रम सञ्चालन भएको हो ।
प्रतिनिधि सभाको बैठक दुई घण्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए ।
सोमबार १७.३८ अङ्कले गिरावट आएको नेप्से परिसूचकमा वृद्धि भएको छ । मङ्गलबार नेप्से परिसूचक २५.६६ अङ्क बढेर १९२७.६५ बिन्दुमा पुगेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज (मङ्गलबार) सकिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको पक्षमा नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ ।
काखोभका जलविद्युत बाँध पटक पटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्वजनिक टिप्पणी गरेका हुन् ।
कैलालीको कैलारी गाउँपालिकाले बर्सेनि बाढी र डुबानबाट प्रभावित हुँदैआएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताउनुभएको छ । मङ्गलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको छ ।
केही दिन यता देशभर अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै यो साता चितवन जिल्लाका विद्यालयहरू पनि बन्द छन् । आम जनमानस गर्मीले छटपटाइरहेको यो बेला इच्छाकामना –६ जलविरेमा रहेको लामो झरनामा स्थानीयको भिडभाड लागेको छ ।
प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ ।
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु भएको छ ।
कैलालीको टीकापुर नगरपालिका –७ बैदीमा समुदायस्तरमा खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिएको छ । प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न समुदायका मानिसलाई सचेत बनाउने उद्देश्यले खोज तथा उद्धार अभ्यास गरिएको हो ।
तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार उद्घाटन गर्नुभयो ।