काठमाडौँ, मङ्सिर २९ गते । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सम्भव सिरोहिया र शृङ्खलाले केही वर्ष अघिदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । उनीहरूको विवाह समारोह काठमाडौँस्थित होटेल हायातमा चलिरहेको छ ।
केही दिन अघिदेखि दुवै पक्षको परिवार, आफन्तजन, पूर्व मिस नेपालहरू, कलाकार एवम् थुप्रै सेलिब्रेटीहरुले केही दिन अघि चलेको हल्दी, मेहन्दी, सङ्गीत सेरेमोनी लगायतका कार्यक्रममा बधाई तथा शुभकामना दिने क्रम जारी छ ।
उनीहरू विवाह बन्धनमा बाँधिएपछि आफन्तजन, साथीभाइ, कलाकार एवम् शुभचिन्तकहरूले झनै बधाई तथा शुभकामना दिइरहेका छन् ।