त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालगायत कर्मचारीमार्फत तीन सय जनालाई सेटिङ मिलाएर भिजिट भिसामा पठाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गलाई छिटो छरितो रुपमा न्याय दिन पहल गर्ने बताउनुभएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कैलालीले खोरेत रोग नियन्त्रणका लागि एक लाख खुरफट्टा जनावरलाई खोरेतविरुद्धको खोप लगाएको छ ।
चिसो बढेसँगै हुम्ला जिल्लाको पढाइ प्रभावित हुन थालेको छ। जिल्लाका अधिकांश विद्यालयले पठनपाठन कक्षाकोठामै आगो बालेर वा बाहिर घाममा बसेर गर्न थालेका छन्।
बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र साँझ उपत्यका बिभिन्न ठाउँबाट आउने पारिवारिक र युवा जोडीको भ्रमण अचेल देखिने यस्ता दृश्य उपत्यकाकै जेठो र ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानीपोखरीको हो ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न स्थानमा ब्याक लाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने 'रिफ्लेक्टिभ स्टिकर' टाँसेका हुन् ।
तराई मधेश आन्दोलनको क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको घटनामा जिल्ला अदालत महोत्तरीले गरेको फैसलाको विरुद्ध जलेश्वरमा शान्तिपूर्ण प्रर्दशन गरिएको छ ।
प्रहरीले अवैध हतियार र लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
डुङ्गामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकोप्टरबाट क्यालिसस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन् ।
देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित जखेरा ताल लुम्बिनी प्रदेशमात्रै नभई छिमेकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यका रुपमा रहेको छ ।
गत केही समय यता सीमा नाकामा तैनाथ नेपाली सुरक्षाकर्मीले भारतबाट हुँदैआएको तस्करी रोक्न आफ्नो सक्रियता बढाएको छ । प्रहरीले तस्करीको सामग्री बरामद गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।
चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ ।आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् ।
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो ।
नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।