यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गर्नुभएको छ ।
अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ ।
सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ ।
झापाको दमकमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि दमक नगरपालिकाले पशु स्वास्थ्यकर्मीहरूलाई खोप सहित किसानको गोठगोठमा खटाएको छ। ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो ।
अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भन्नुभयो, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठुलो आकर्षण छ ।
दश वर्ष अघि नेपाली चलचित्र ‘नाइके’ निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मसको सहकार्यमा बन्न लागेको फिल्मको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभमुहूर्त गर्नुभयो ।
वर्षायामको समय भए पनि लामो खडेरीले गर्दा मकैको बोट सुक्न थालेपछि तनहुँका कृषकहरू चिन्तित बनेका छन् । खडेरीले जिल्लाको १० वटै पालिकामा गरी १४ हजार हेक्टर मकैबालीमा असर गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
“यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन ग¥यो, जति अनुसन्धान ग¥यो, उति नयाँ नयाँ रहस्यहरू उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट–३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्त्विक पतौरा मन्दिरलाई देखाउँदै भन्नुभयो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।
सुख र खुसी कसलाई चाहिँदैन र ? तर त्यो सबैलाई कहाँ मिल्दोरहेछ । मेरो जन्म पश्चिम नेपालमा भएको हो । मेरा घरमा आमाबाबा हुनुहुन्थ्यो । मलाई संसारकै भाग्यमानी परिवार मेरै होलाजस्तो लाग्थ्यो तर खुसी लामो समय टिकेन । दैवको आँखा लाग्यो । परिवारमा अनेक अप्ठ्यारा आए । त्यसै कारणले परिवार विछिप्त भयो । हामी नीलम, इन्द्रा, पार्वती, लक्ष्मी, बिन्दु र माया लाबड छ दिदीबहिनीको बिजोग भयो । हाम्रा लागि घर अब घर रहेन ।
सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।