वास्तुको विषयमा हामी कमै चासो दिन्छौँ । करोडौँ खर्चेर बनाउने घरलाई वास्तुसम्मत मिलाउने कुरामा प्रायः थोरैको मात्र ध्यान पुगेको पाइन्छ । सहरको साँघुरो स्थानमा थोरै जग्गा चर्चेर बनाइने घरलाई वास्तुसम्मत बनाउन सम्भव नहुने तर्क पनि सुनिन्छ । वास्तु मिलाउन धेरै नै जग्गा चाहिन्छ भन्ने भ्रमले लगभग सबैलाई छोएको छ । केहीको तर्क छ– वास्तु भनेको अनावश्यक विषय हो । वास्तुका लागि धेरै नै जग्गा चाहिने हो या जति छ त्यतिमा पनि वास्तुसम्मत निर्माण गर्न सकिन्छ ? वास्तुशा
निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगरको सहलगानीको खानेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो । परियोजना पूर्ण रूपमा सम्पन्न नहुँदा बागलुङवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक अभ्यासमा जीवित रहेको नेपाली संस्कृति, परम्परा र कलाको प्रवर्धन गरी पर्यटनसँग जोड्ने अवसरको सदुपयोगका लागि आह्वान गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले परापूर्वकालदेखि नै हस्तकलाको संस्कृतिसहित समाजवादमा आधारित जीवन्त अभ्यास भइरहेको नेपाली समाज, परिवेशलाई अब पर्यटन र रोजगारीसँग जोड्नेतर्फ सोच्नुपर्ने बताउनुभएको हो ।
दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–६ मा नगरकै महìवपूर्ण योजनाका रूपमा लिइएको बुद्धपार्कको निर्माण अलपत्र परेको छ । पाँच वर्षअघि निर्माण सुरु भएको यो पार्कको आर्थिक
श्री शार्दूल जङ्ग गुल्म र काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्यमा शुक्रबार हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजना अनुरूप गुल्मपति सेनानी पूर्ण प्रजापतिको उपस्थितिमा सो सौन्दर्यीकरण अभियानको प्रारम्भ भएको हो । २९ औँ महानगर दिवसको उपलक्ष्यमा थालिएको यस सौन्दर्यीकरण कार्यक्रममा श्री शार्दूल जङ्ग गुल्मका सैनिक जनशक्तिको उपयोग गरिने छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार परिसरमा अस्तव्यस्त सवारीसाधन पार्किङलाई व्यवस्थित बनाउन २०७७ सालमै शार्दूल जङ्ग गुल्मका तत्कालीन गुल्मपति विकास शाक्यको नेतृत्वमा यस क्षेत्रको सौन्दर्यीकरण अभियान सुरु भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
गायक तथा सङ्गीतकार डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । नेपाली युवा किन विदेशिन बाध्य हुन्छ भन्ने कुरा सुजनको गीतको कथामा समेटिएको छ । सुजनसँगै गीतमा टीका पुन, धर्म गन्धर्वको आवाज रहेको छ । सङ्गीत, शब्द तथा निर्देशन सुजनकै रहेको गीतको भिडियोमा जयकिसन बस्नेत, देशभक्त खनाल, रामबाबु रेग्मी, भगवती खड्का र सुजन स्वयम्को अभिनय देख्न सकिन्छ । विगत एक दशकअघिदेखि गीत सङ्गीतमा लाग्नुभएका सुजन देशको यथार्थमा केन्द्रित भएर कथावस्तु लेख्ने गर्नुहुन्छ । बाउआमा, फुली नाकैमा, दुखी बाहुन, उडेको चरी, नेपाली हाम्रो जात जस्ता थुप्रै चर्चित गीत निकाल्नुभएको छ ।
यहाँका बौद्ध धर्मावलम्बी तथा भोटे लामा समुदायको महान् चाड तोतनरी ल्होसार धुमधामका साथ मनाइँदै छ । कैलाश पर्वत क्षेत्र आसपासका लामा समुदायले तोतनरी ल्होसार विगतमा जस्तै यस वर्ष पनि धुमधामका साथ मनाउने कार्यक्रम रहेको छ । सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले माथिल्लो कैलाश पर्वत क्षेत्रमा बसोबास गर्ने लामा समुदायको तोतनरी ल्होसार हुम्लामा धुमधामका साथ मनाउने कार्य भइरहेको बताउनुभयो । यो ल्होसार तिब्बत र नेपालीका हिमाली लामा समुदायले मनाउने गरेका छन् ।
स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि तीन महिनाका लागि औषधी पाउने निर्णय गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अहिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाटै सुधारको काम सुरु गर्नुपर्ने देखिएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १३ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै सचिव दुवाडीले भन्नुभयो, “सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्नुपर्ने देखियो ।
बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समुन्नत नेपाल निर्माणका लागि स्थानीय तहहरूबिच प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । आर्थिक विकासमा स्थानीय तहहरूको भूमिका महìवपूर्ण रहने भन्दै अध्यक्ष तिमिल्सिनाले स्थानीय तहले गर्ने व्रिmयाकलापले समग्र देशको आर्थिक विकासमा प्रभाव पार्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले बागमती प्रदेश सरकारले वार्षिक नीति तथा कार्र्यक्रममा व्यवस्थाबिना नै बजेट कार्यान्वयन गर्न लागेकोप्रति ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था नगरी आर्थिक वर्षको मध्यमा आइपुग्दा कार्यक्रम र योजना थप गर्न लागेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हडताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।