आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो । योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो । २०७२ सालको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ तीन इन्च ढल्किएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो । तर पुरातìव विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजनाका कारण अहिले निर्माणको कार्य रोकिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामग्री, उत्पादनको बजारीकरणका लागि नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना हुनेभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवामैत्री नीति, कानुन र योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । युवाको पक्षमा कानुन बनाउन संसद प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताउनुभएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटाइएको नयाँ मूल्य शनिबार राती १ बजेदेखि लागू हुनेछ।
गुल्मीको रेसुंगा घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आउनु भएका पत्रकार महेन्द्र पाण्डेको ५३ वर्षको उमेरमा निधन भएको छ ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभएको छ।
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका –१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको हो ।
सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू गरेपछि एकै दिन ११ अर्ब ३ करोड रुपियाँ कर संलग्न भएको छ ।
रिब्दिकोट गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट हुने राजस्व भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको छ ।
गृह मन्त्रालयले मातहतका २५ अधिकारीको सरुवा एवम् पदस्थापन गरेको छ। त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान हुनुभएको छ ।
गायक प्रचण्डबाबु राई पुनः आफ्नो नयाँ गीत ‘अमेरिकामा ब्रेकफास्ट’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आउनुभएको छ ।
पोखरा तुलसीघाटको सेती नदीमा माछा मार्न गएका एक युवकको शुक्रबार मृत्यु भएको छ । दिउँसो सवा ४ बजेतिर माछा मार्न गएका सुनिल श्रेष्ठलाई माछा मार्ने क्रममा सेती किनारको भीरमाथिबाट खसेको ढुंगा लागेको प्रहरीको भनाइ छ ।
चितवनको कालिका नगरपालिका१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन् ।