सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा सुशासन, मितव्ययिता र विकासलाई उच्च प्राथमिकता दिइएको छ । हुन त यस्ता प्राथमिकता हरेक वर्ष आउने गरे पनि यस पटकको अवस्था भिन्न छ । आमजनतामा भ्रष्टाचारविरुद्धको जागरण पैदा भएको छ । विकास र समृद्धिको भोक पनि उत्तिकै तीव्र छ । यसका लागि सुशासन पहिलो सर्त रहेको छ । बुद्धिजीवी र राजनीतिक दलका नेता मात्र होइनन् कि आमजनताले पनि मुलुकको विकास र समृद्धिको बाधक भ्रष्टाचारलाई नै मानेका छन् ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जलेश्वरमा मणिपाल कलेजको निर्माण नभएकोमा दुःख व्यक्त गर्नुभएको छ। सदरमुकाम जलेश्वरमा अम्बिका हस्पिटल एनड रिसर्च सेन्टरको उद्घाटन गर्दै उहाँले मणिपाल कलेज निर्माणको योगदानकर्ता नेपाली कांग्रेस भए पनि लामो अवधि बितिसक्दा पनि निर्माण नहुनु दुःखद रहेको बताउनुभयो। आफू मधेश प्रदेशको प्रमुख भए पनि महोत्तरी आफ्नो गृहनगर भएकाले बढी चासो र चिन्ता हुने गरेको बताउँदै प्रदेश प्रमुख मिश्रले भन्नुभयो, “महोत्तरीको विकासमा म सदैव सकारात्मक छु।”
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत २०५४ सालमा स्थापना भएको नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गरेको छ । सुक्खा बन्दरगाह (ड्राई पोर्ट), एकीकृत जाँच चौकी निर्माण तथा सञ्चालन गर्दै आएको समिति खारेजीको घोषणापश्चात् यसबारे अन्योल सिर्जना भएको छ । यसै सन्दर्भमा रहेर समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग गोरखापत्रका लक्ष्मी सापकोटाले गरेको कुराकानीको अंश :
कुनै समय थियो, समाचारपत्र (छापासञ्चारमाध्यम)हरू साहित्यमा खासै चासो राख्दैनथे । चासो राखिहाले पनि साहित्यिक रचनालाई समाचारपत्रमा खुसी मनले स्थान दिँदैनथे । यसको अर्थ ती
हाम्रा हजुरका खिलाफ कोही नआउनू । मर्जी जे हुन्छ होस्, केही बात नलाउनू ।
दाङको देउखुरीमा जन्मिनुभएकी भूमिका गिरीको नाम लोक तथा दोहोरीमा चर्चित छ । बाल्यकालदेखि नै उहाँलाई लोकभाकामा धेरै नै रुचि थियो । कक्षा ५ मा पढ्दा स्कुलमा गायन प्रतियोगितामा भाग लिएको उहाँलाई अझै पनि याद छ । तीजको मेलामा अन्य पूजामा हिँड्दा आफ्नी आमाको मिठो स्वरमा स्वर मिलाउँदामिलाउँदै उहाँले यसैलाई पेसा बनाउन उहाँँको भनाइ छ । गायनका साथै उहाँ नाच्न पनि उत्तिकै सिपालु हुँदै जानुभयो ।
पौभा वा थाङ्का कलाको अध्ययन अध्यापन गर्नु जरुरी रहेको यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । ‘परम्परागत पौभा वा थाङ्का कलामा युवा’ को भूमिका विषयमा समूहगत छलफलमा विज्ञहरूले यस्तो जोड दिनुभएको हो । कार्यक्रममा सुजनमुनि शाक्यले पौभा वा थाङ्का कलालाई लोप हुनबाट जोगाउन प्राज्ञिक स्तरबाट नै पौभा वा थाङ्का कला सिक्न जरुरी रहेको बताउनुभयो । प्राज्ञिक रूपले अध्ययन गर्दा अभिलेखनका साथै व्यवस्थापन गर्नमा सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो कलाको इतिहास, दर्शन र महत्वका साथै आधुनिक अवस्थाको बारेमा जानकारी गराउन जरुरी छ ।”
झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ । एक जना घाइते बन्नु भएको छ ।
गुल्मी मुसीकोटमा जन्मिएकी सीमा थापाले लोकदोहोरी गायिकाका रूपमा आफ्नो परिचय बनाइरहनुभएको छ । विगत चार वर्षदेखि लोकदोहोरीमा लाग्नुभएकी थापाले दर्जनौँ लाइभ दोहोरीमा स्टेज सो हरू गरिसक्नुभएकी छ । उहाँको चार वटा एल्बममा स्वर दिनुभएको छ । उहाँको नयाँ एल्बम सार्वजनिक हुने तयारी छ ।
६५ वर्षदेखि नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छ।
राजमती इङ्नाम (लिम्बू) स्थानीय तहको अध्यक्ष/प्रमुखमा निर्वाचित मोरङकी एक मात्र महिला हुनुहुन्छ। २०७४ को स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित उहाँ २०७९ मा अध्यक्ष बन्नुभयो। ५४ वर्षीय इङ्नाम लामो समयदेखि नेकपा (एमाले) मा आबद्ध रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ। प्रस्तुत छ, गाउँपालिकाको विकास गतिविधि, सम्भावना, चुनौतीलगायतका विषयमा अध्यक्ष इङ्नामसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०८०-८१ बजेट ल्याउने तयारीमा जुटेको छ । प्रदेश सभाको दोस्रो कार्यकालमा बनेको वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो बजेट ल्याउन लागेको हो । आगामी असार १ गते बजेट प्रस्तुत हुनेछ । नेकपा (एकीकृत समाजवादी) बाट बाजुरा ‘क‘ बाट निर्वाचित ४१ वर्षीय आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुरुदेखि नै जनताको माग अनुसारको बजेट ल्याउनु पर्ने धारणा राख्दै आउनु भएको छ । त्यसैले जनअपेक्षा अनुसार कै बजेट सुदूरपश्चिम सरकारले ल्याउँछ भन्ने अपेक्षा गरिएको छ । प्रस्तुत छ, आगामी बजेटका विषयमा आधारित भएर मन्त्री साहीसँग गोरखापत्रका प्रकाशविक्रम शाह र अविनाश चौधरीले गरेको कुराकानी:
अरुणसहित सप्तकोशीमा अन्य नदी तमोर र दुधकोशी मिसिने स्थान त्रिवेणीमा नदीको बिचमा एउटा ढुङ्गा छ। जसलाई स्थानीय बासिन्दासहित किराँती समुदायले खुवालुङ भनेर चिन्ने गरेका छन्। २०७७ सालमा यो एकाएक चर्चामा आयो। चर्चामा आउने कारण थियो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ८ गते विराटनगरमा भएको एक कार्यव्रmममा सो ढुङ्गा फुटाएर जेटबोट चलाउने भनेर सार्वजनिक मञ्चबाटै दिनुभएको भाषण। त्यसपछि एकाएक महोल तात्यो। स्थानीयस्तरमा मात्र नभई देश विदेशसम्म यसबारे बहस हुन थाल्यो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह नागरिकमैत्री र प्रविधिमैत्री हुँदै गएकाले अबदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरिएको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायबाट प्रवाह हुने सेवालाई सकेसम्म सेवाग्राहीमैत्री र प्रविधिमैत्री बनाउनका लागि यस प्रकारको निर्णय गरिएको जानकारी दिनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्वाधार विकासमा स्रोत बढाउन विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ । बैङ्कको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा उहाँले पूर्वाधार विकास र सामाजिक विकासका सूचकबिच घनिष्ठ सम्बन्ध रहेकाले यसका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।