• २३ वैशाख २०८२, मङ्गलबार

पत्रकार महेन्द्र पाण्डेको निधन

blog

स्वर्गीय महेन्द्र पाण्डे

काठमाडौं, मङ्सिर २९ गते । 

गुल्मीको रेसुंगा घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आउनु भएका पत्रकार महेन्द्र पाण्डेको ५३ वर्षको उमेरमा निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । 

पाण्डे बिहीबार राती एक होटलमा विवाह समारोहमा सहभागी हुँदा अचानक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाण्डे ‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक र गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति हुनुहुन्थ्यो । पाण्डेका आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।

पाण्डेले  कोरोनाको क्रममा उहाँकी बहिनी र त्यसअघि भाइको शोक सहनु परेको थियो ।