प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । उहाँले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
व्यायामको लागि नेपालकै जेठो संस्था नेपाल व्यायाम मन्दिरले शनिबार गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलगायत विभिन्न व्यक्तित्वलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठुलो जलविद्युत आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना हुनुभएको छ । मङ्सिर २८ गते बिहीबार उहाँ अस्पताल भर्ना हुनुभएको हो ।
अरहान्तकेशर सिंह र बिपना ब्लोन शनिबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा च्याम्पियन हुनुभएको छ ।
सर्लाहीका उखु किसानले शनिबार दिउँसो उखुको लाँक्रासहित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा प्रदर्शन गरेका छन्।
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागतरुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक सहित प्रकाश माध्यमिक विद्यालयले जितेको छ ।
सुर्खेतको–जाजरकोट सडक खण्डमा पर्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ रहेको नाम्रा गाउँ । करिब १० वर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शैलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन् ।
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरीय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ ।
सडकमानव उद्धार गरी पालनपोषण गर्ने तथा पारिवारिक रूपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।