चितवनको इच्छाकामना –१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ ।
२०३१ सालताका जब मैले लेख्न सुरु गरेको थिएँ, त्योबेला पनि मधुपर्कमा रचना प्रकाशित हुनु गौरवको विषय थियो । मधुपर्कका अधिकांश रचनाका बारेमा चर्चा हुन्थ्यो नै । तर मधुपर्क सरकारी गोरखापत्र संस्थानबाट प्रकाशित भएको कारणले गर्दा कतिपय साहित्यकारहरूले आफ्ना रचना प्रकाशित गर्न चाहन्नथे । मधुपर्कमा पञ्चायत सरकारको छाया देख्थे ।
पछिल्लो समय लम्पि स्किन रोगको सङ्क्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेको छ ।
दार्चुलाको नौगाड गाउँपालिका भौगोलिक विकटता र विविधता भएको गाउँपालिका हो । छ वडा, १८०.२७ वर्गकिलोमिटर क्षेत्रफल र १५ हजार ५२८ जनसङ्ख्या रहेको यो गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना छ । गत वर्षको वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट दलजितसिंह धामी निर्वाचित हुनुभएको हो । प्रस्तुत छ, अध्यक्ष धामीसंँग गोरखापत्रका लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको कुराकानीको सम्पादित अंश :
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
यस पटक सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । उत्पादन र उत्पादकत्व बढाउन जोड दिएर नै कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ । विगतमा कागज मिलाएका भरमा कृषि अनुदान वितरण गरी भागशान्ति मिलाउने गरेको व्यापक गुनासो थियो । त्यो गुनासो सम्बोधन गर्ने भनेर सरकारले यस पटक ‘उत्पादन साथमा अनुदान हात’ मा भन्ने नारा तय गरी सिधै उत्पादक किसानको हातमा अनुदान दिने नीति बनाएको छ । यो नीतिले मेहनती, वास्तविक
नेपालको संविधानले राष्ट्रपति पदलाई संवैधानिक मानेको छ । मन्त्रीपरिषद्को निर्णय र सल्लाहबमोजिम कार्य गर्ने आलङ्कारिक जस्तै पद मानिएको छ राष्ट्रपतिलाई । राष्ट्रपतिले कुनै पनि गलत कार्य गर्दैनन् भन्ने आशय लोकतान्त्रिक संविधानले राखेको छ । राष्ट्रपतिबाट हुने सबै कार्य सरकारबाटै भएको मानिने र राष्ट्रपति संस्थाबाट कुनै गल्ती भएमा पनि त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने अवधारणा नेपालको लोकतान्त्रिक गणतन्त्रको हो । देशको सर्वोच्च संस्था भए पनि कुनै पनि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण सम्पन्न गर्नुभयो । प्रधानमन्त्रीले नेपाल राष्ट्रको प्रतिनिधित्व गरेर भारत गएको हामी सबैलाई थाहा छ । भारतीयले उहाँको सम्मान गरे हाम्रो सम्मान हुन्छ, नगरे नेपालको अपमान हुन्छ । यो सत्य नै हो । प्रधानमन्त्रीको नेतृत्वमा भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधि मण्डललाई नरेन्द्र मोदीले नेतृत्व गरेको भारत सरकारले अपमान ग-यो भनेर सामाजिक सञ्जालमा अफवाह फैलाइयो । यस्तो हर्कतमा रमाउनेहरू नेपाल र नेपालीको समृद्धिमा पनि रमाउन सक्दैनन् ।
जिल्लामा आयोजना गरिएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी बिरामीको उपचार भएको छ । जिल्ला अस्पतालमा सञ्चालन भएको विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएको हुँदा एक दिन पैदल हिँडेर बिरामीहरू उपचारका लागि आएका हुन् ।
भारत सरकारले नयाँ निर्मित संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको छ । यसमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समावेश गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कूटनीतिक चातुर्यतासहित ऊर्जालगायतका क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको चर्चासँगै उहाँको भारत भ्रमणको बेलामा यस्तो नक्सा राखिनुले दुई देशबिचका दौत्य सम्बन्धका विविध आयामबारे ऐतिहासिकता र प्रामाणिक तथ्य सार्वजनिक भएका छन् ।
खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेको छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन् ।
हालै सार्वजनिक बजेटप्रति जनताका आशा र अपेक्षा धेरै थिए र अद्यापि छन् । बजेटले ती आशा र अपेक्षालाई सम्बोधन गरोस् भन्ने अपेक्षा सधैँ नै हुने गर्दछ तर बजेटको पनि निश्चित सीमा हुने हुँदा जनताका सबै आशा र अपेक्षाहरूलाई बजेटले एकै पटक सम्बोधन गर्न सम्भव हुँदैन । यसो हुँदा जनताका मनमा प्रायः बजेटप्रति गुनासो बाँकी नै रहने गर्दछन् ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिकलाई अपमानित गर्ने शब्द प्रयोग भएको भन्दै हटाउन माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको नेतृत्वमा अपाङ्गता अधिकारकर्मीको टोलीले शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीमबहादुर भण्डारी र सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकाललाई छुट्टाछुट्टै मागपत्र बुझाएको हो ।