सरकारले गरेको निर्णयभन्दा फरक माग राखेर सत्याग्रह आन्दोलन थालेपछि प्राध्यापक डा. गोविन्दराज केसी सुदूरपश्चिम प्रदेशमा आलोचित हुनुभएको छ । प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्नुपर्ने माग राखेर तीनदिने अनशन थालेपछि उहाँको आलोचना भएको हो । सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज वा विश्वविद्यालयको माग गर्दै लामो समयदेखि आन्दोलनरत प्रदेशवासीले डा. केसीको मागप्रति आपत्ति र आक्रोश पोखेका छन् ।
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । पुरानो कच्ची वडा कार्यालयलाई भत्काएर सोही स्थानमा सङ्घीय सरकारको लगानीमा पक्की भवन निर्माण गरिएको हो । सङ्घीय सरकारको लगानीमा सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीमार्फत निर्माण भएको भवनको शुक्रबार उद्घाटन गरिएको मन्थली नगरपालिका–८, चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
कालोपत्रे सडक, तीन तलासम्मका पक्की घरहरू, विद्युत्, चौबिसै घण्टा खानेपानी प्रायः यी सुविधा सहरी क्षेत्रमा पाइन्छ । बिपी राजमार्गबाट सवारीसाधनमा बढीमा सात मिनेटमा नै पुगिने राताटारले यतिखेर यी सबै सुविधा भएको स्थानको पहिचान बनाएको छ । गोलन्जोर गाउँपालिका–७ को राताटार सात वर्षअघिसम्म भत्किएका घर र अस्थायी टहरोले कुरूप थियो । यतिखेर त्यही राताटार रङ्गीन भएको छ । “अहिले त स्वर्ग झैँ भएको छ,” स्थानीय कृष्णबहादुर राईले प्रतिक्रिया व्यक्त गर्नुभयो । “यस्तो होला भन्ने त कल्पना पनि गरिएको थिएन,” उहाँले भन्नुभयो, “पिच सडक गाउँमै आउला भन्ने लागेकै थिएन । भूकम्पपछिको पुनर्निर्माणबाट पक्की संरचना बनेपछि राताटार गाउँको मुहार नै फेरिएको छ ।”
स्याङ्जाले दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयले १६ जिल्लाका सिडिओ हेरफेर गर्ने क्रममा स्याङ्जामा दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको हो ।
बिमा व्यवसायको आरम्भले नेपालमा पनि साढे सात दशक पूरा गरिसकेको छ । बिमा गर्दा हुने सम्भावित नोक्सानीको जोखिम न्यूनीकरण हुन्छ भन्ने सचेतनाको कमी देखिँदा बिमाप्रतिको व्यापक चासो भने वृद्धि हुन सकेको छैन । सम्भावित जोखिम भरण गर्ने गरी गरिने सम्झौता नै बिमा भएकोले नोक्सानी भरणको भरपर्दो व्यवस्था मानिएको छ । जुनसुकै किसिमको बिमा गरे पनि जोखिममा पर्दा बिनाझन्झट जोखिम भरण हुन्छ भन्ने विश्वास दिलाउन बिमा कम्पनीले अझै पछाडि नै रहनु बिमाको बजार सोचे जसरी नबढ्नुको मूल कारण हो ।
संविधान जारी भएको आठ वर्ष भएको छ । यस अवधिमा संविधान पालनाको अभ्यासमा केही अस्पष्ट, केही द्वैध अर्थ लाग्ने, केही सैद्धान्तिक विषयमा नै मतभेद, केही कुरा मौन रहेको, विषय बारम्बार आइरहेका छन् । संविधानको धारा २६५ र ५४ ले संविधानको केही विषय अनुगमन गर्ने अधिकार सङ्घीय संसद्लाई दिएको छ । संसारमा संविधान जारी भएपछि
एक शताब्दीको निरङ्कुश राणातन्त्रको अन्त्य २००७ सालको जनक्रान्तिबाट भई प्रजातन्त्र स्थापना भएको थियो । संसदीय प्रणाली अनुसार संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका मूल्यमान्यताको आधारमा शासन व्यवस्था सञ्चालन हुने भावना निहित थियो । यसका लागि त्यस अनुसार नयाँ संविधानको आवश्यकता थियो । संविधान सभाबाट नै नयाँ संविधान तर्जुमा गर्ने भनी राजा त्रिभुवनको शाही घोषणामा उल्लिखित थियो । २००७ साल फागुन ७ गतेका दिन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक (संवैधानिक) सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार होस् भनी इच्छा भएकाले विधान तयार नभएसम्म कहिले कार्यसम्पादन र सल्लाह दिन मन्त्रीमण्डल गठन गरेका हौँ भनी शाही घोषणामा भएको थियो ।
आजभोलि केही मानिसमा राजतन्त्रको भुत चढेको छ । २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि र २०६३ सालमा गणतन्त्रको प्रादुर्भावपश्चात् देखिएका सबै विकृतिको अन्त्य राजतन्त्रको पुनस्र्थापनाले गर्दछ भन्ने भ्रम पालेका केही मानिस पछिल्ला दिनमा सल्बलाएका छन् । लोकतान्त्रिक व्यवस्थाका सबल पक्षलाई पूरै ओझेल पारेर विसङ्गतिहरूको प्रचारप्रसार गर्दै जनताको रगत पसिनाबाट आर्जित नागरिक स्वतन्त्रतालाई खुम्च्याउने प्रयासहरू भइरहेका छन् । मानौँ नेपालमा भित्रिएका सबै रोगको उपचार भनेको अरू केही नभएर राजतन्त्रको पुनस्र्थापना मात्र एक विकल्प भए झैँ भान पार्न खोजिएको छ ।
मार्ग शुक्ल पञ्चमीमा मनाइने राम–जानकी विवाह महोत्सव आज आइतबार परेको छ । यस दिनलाई विवाहपञ्चमी पनि भनिन्छ । यो उत्सव एक दिनको मात्र होइन, एक हप्ताअघिदेखि नै सुरु हुन्छ । मार्ग महिना हर्ष, उल्लासको समय, धान भित्र्याउने, भकारी भर्ने बेला र खास गरी वैवाहिक गाँठो बलियो पार्ने समय पनि हो । भारतीय क्षेत्र अयोध्या र जनकपुरको सान्निध्य विवाहपञ्चमीले गराएको छ । त्यसो त जनकपुरमा जानकी विवाह हरेक वर्ष भव्यताका साथ मनाइन्छ ।
चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उहाँ नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।
रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ ।
कुशल अभिभावकत्व पाउन सके खस्किँदै गएको उद्योग क्षेत्र नयाँ ढङ्गले अगाडि बढ्न सक्ने सम्भावना जीवित रहेको विराटनगरका उद्योगीले बताएका छन् । एउटा टर्निङ पोइन्टबाटै नेपाली उद्योग र अर्थतन्त्र सकारात्मक दिशामा जान सक्ने आधार विद्यमान रहेकाले सरकारले त्यस अनुसार पहल लिन ढिलाइ गर्न नहुने उनीहरूको सुझाव छ । विराटनगरमा आयोजना गरिएको ‘वर्तमान आर्थिक परिदृश्य ः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट’ विषयक सार्वजनिक अर्थसंवाद कार्यक्रममा सहभागीले नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प नरहेको बताएका हुन् ।
कम्पनीहरू एकआपसमा गाभिँदा हुने लाभ (बार्गेन पर्चेज) र प्रिमियमसहित फर्दर पब्लिक अफरिङ (एफपिओ) को लाभबापत सरकारलाई शनिबार साँझसम्म १२ अर्ब ८१ करोड रुपियाँ राजस्व प्राप्त भएको छ । आन्तरिक राजस्व विभागका अनुसार करिब पाँच दर्जन कम्पनीले दुई दिनमा सो परिमाणको राजस्व सरकारलाई भुक्तान गरेका हुन् ।
दुग्ध विकास संस्थान (डिडिसी) ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ । दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले सो भुक्तानीका लागि ऋणको आवश्यकता रहेको भन्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार डिडिसीसँग ७२ करोड रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको जानकारी कृषि मन्त्रालयलाई जानकारी गराएको छ । मौज्दात रहेको दुग्ध पदार्थ धरौटी राखेर ऋण उपलब्ध गराइदिन आग्रह गरिएको उहाँले बताउनुभयो ।