दोलखाको मेलुङ गाउँपालिका–७ ले आर्थिक वर्ष ०७९-८० को समीक्षा तथा ०८०-८१ को योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा कार्यालयमा स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
जलाधार संरक्षण र वन्यजन्तुका लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा ३८ वटा पोखरी निर्माण गरेको हो ।
लामो खडेरीले गर्दा तनहुँमा यस पटक नगदे बाली हलेदो र अदुवा उम्रन सकेको छैन । धान र मकै पछिको यो मुख्य बाली नउम्रिएपछि कृषकहरू चिन्तामा छन् ।
सहरमा कहीँ कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमितरुपमा पानी हालिन्छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा र पन्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।
महोत्तरीको रामगोपालपुर –५ स्थित फर्निचर उद्योगमा आगलागी भएको छ । रेवी ठाकुरले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका –९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ ।
नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ ।
केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ ।
प्रस्तावित शेरावेंशी–मुक्तिनाथ केबलकारले अन्नपूर्ण चक्रीय पदमार्ग सङ्कटमा पर्ने भन्दै पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
सञ्चार समाजीकरणको महत्त्वपूर्ण माध्यम भए पनि सबै सञ्चार आमसञ्चार होइनन् । न त आमसञ्चार स्वतः पत्रकारिता हो । ठूलो सङ्ख्यामा पाठक–दर्शक–श्रोतालाई संलग्न गराउँदै पत्रकारिताले केही अनिवार्य विशेषताहरू आत्मसाथ गर्छ, जसबिना त्यसले आफ्नो विशिष्ट पहिचान गुमाउँछ । यद्यपि साहित्यका कुनै न कुनै
घरायसी विवादमा मेलमिलापपछि कैलालीमा ससुराले बुहारीको हत्या गरेको खुलेको छ । गौरीगङ्गा नगरपालिका–१ गोप्काका ५२ वर्षीय डिल्लीसिंह बुढाले २७ वर्षीया बुहारी कौसी भन्ने कविता बुढाको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो ।
किशोर उमेरमै रहनुभएकी सदीक्षा केसीले स्कुल जीवनमै आफ्नो कापी कलम किन्ने पैसाको आफँै जोहो गर्नुभएको छ । आफैँ पढ्ने विद्यालयमा सञ्चालित प्रयोगात्मक कक्षामा उत्पादन भएका तरकारीहरू बिक्री गरेर उहाँले पढ्न लेख्नका लागि कापी कलमको जोहो गर्नुभएको हो । “कापी कलम किन्ने पैसा त तरकारी बिक्री गरेर पनि आउने गरेको छ,” कक्षा १२ की छात्रा केसी भन्नुहुन्छ, “कृषि सङ्काय अध्ययन गर्ने हामीले विद्यालयमै प्रयोगात्मक कक्षामा कृषि बाली लगाउने गरिएको छ ।”
जर्मन साहित्यको सिद्धान्त बुझेका फेडरिक किट्लरले भनेका छन्– “साहित्य र सञ्चारका पुर्खा एउटै हुन् ।” ल्याटिन भाषाबाट सुरु भएको ‘लिट्रेचर’ शब्द (साहित्य) ‘लेखन’ अर्थात् लेख्नुको अर्थमा लिइन्छ ।