नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले वैदेशिक रोजगारीमा गएकाबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराएको बताएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० को अवसरमा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।
झापामा विगतका वर्षको तुलनामा यो वर्ष धानको मूल्य बढेपछि किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलना यो वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य बढेको हो ।
राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत खानेपानी पाइपलाइन विस्तारको कामले तीव्रता पाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्याइरहेको बताउनुभएको छ ।
१२औँ शिरशुभा गम्भीर सिंह गुरुङ स्मृति भलिबल प्रतियोगिता उपाधि राङखोला युवा क्लबले जितेको छ । आँधीखोला गाउँपालिका १ कुर्लेमा युवाहरूमा खेलको माध्यमबाट शारीरिक मानसिक अनि नेतृत्व विकासका लागि हरेक वर्ष प्रतियोगिता गरिँदै आएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ ।
हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दूलजङ्ग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो ।
नेकपा (एमाले) ले झुलाघाटबाट सुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरेको छ। मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो।
सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गर्नुभएको छ । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्नुहुँदै उहाँले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिनुभयो ।
सर्लाहीको हरिपुर्वा नगरपालिका-२ मा निर्मित १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढ वर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।
आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल्) को उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई पाँच रनले हरायो ।
चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरु भएको छ । एक समारोहबिच श्रमदान गर्दै धाम निर्माणको पुनः सुरुवात गरिएको हो। विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुङ्गा बिच्काएर पुनः सुरुवात गर्नुभएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको पुलबजारमा रहेको नेपाल सितोरियो कराँते डोजोले जुनियर खेलाडीका लागि बेल्ट टेष्ट गराएको छ ।
व्यास नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । निर्मल माध्यमिक विद्यालय परिसरमा भएको प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो।