प्रदेश मन्त्रिपरिषदले निर्णय गरेकै आधारमा ऐनमै नभएको व्यवस्था लागु गर्दा पछि समस्या आउन सक्ने यातायात व्यवस्था कार्यालयका अधिकारीहरुको तर्क छ ।
आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो ।”
नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् ।
गुल्मी रेसुङ्गा नगरपालिकाले जेठ २१ गते शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउन व्यापक प्रचार–प्रसार भइरहेसँगै यहाँका होटल व्यवसायी मञ्चले पनि ऐक्यबद्धता जनाएका छन् ।
कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको शहीद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गरिने भएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
सर्लाहीको बागमतीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका –१२, बथाने बस्ने कुमार वि.क. का छोरा चार वर्षीय सलिन वि.क. को विषालु सर्पले टोकेर मृत्यु भएको हो ।
स्याङ्जाको वालिङमा पशुहरूमा लम्पी स्किन देखिन थालेपछि भ्याक्सिन लगाउन सुरु गरिएको छ । देशका विभिन्न जिल्लाहरूमा फैलिएको लम्पी स्किन वालिङमा समेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरूमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भइरहेको छ ।
अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ ।
बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्कनुभएको छ । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो ।
जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले
केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले विरोध गरेका छन् ।