सरकारले विद्युत खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।
कोहलपुर नगरपालिका–१५ चौधरियामा निर्माण भइरहेको सडकको अनुगमन गर्दा गुणस्तरीय नबनेको पाइएकाले अनुगमन समितिको निर्देशनपछि कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच (गुणस्तरीय पक्की) बनाइएको छ ।
प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका-२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र परेको छ । विशेषज्ञ चिकित्सक सहित अस्पतालले सेवा प्रवाह गर्ने तयारी गरेपछि खुसी भएका चापाकोटका नागरिक अहिले पनि चिन्तामा छन् ।
खोटाङमा थप आठ जना पहिचानवादी नेता कार्यकर्ता पक्राउ परेका छन् । यसअघि पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीलगायतका नेतालाई रिहाइको माग गर्दै सडक बन्दमा उत्रेका आठ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।
सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रुपियाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ।
झापाको दमकदेखि पहाडी जिल्ला इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्ग निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि सडक निर्माण पुरा हुन सकेको छैन ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘अरू क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’’
भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो ।
नेपालगन्ज भन्सार कार्यालयमा भन्सार तिरेको भए पनि राजश्व चुहावट भएको सूचनाको आधारमा चालु आर्थिक वर्ष २०८०–८१ मा नियमित जसो सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो ।
तामाङ कलाकार सङ्घद्वारा आयोजित मौलिक सेलो महोत्सवमा कलाकारहरू सम्मानित भएका छन् । राजधानीमा आयोजित दुईदिने मौलिक सेलो महोत्सवमा तामाङ समुदायको मौलिक गीत-सङ्गीतको प्रवर्द्धनमा सक्रिय पत्रकार तथा कलाकार बुद्ध योन्जनलगायतका कलाकारहरू सम्मानित हुनुभएको हो ।
धनकुटाको एक घरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । आइतबार दिउँसो धनकुटा नगरपालिका –५ कर्मिटारका विश्वबन्धु थापाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
नेपाली कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलन आइतबार बेनीमा सुरु भएको छ । बेनीको मंकाः खलको सभा हलमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुभयो ।