तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्न थालेको छ । सुख्यायामसँगै नदीमा पानी कम भएकाले उत्पादनमा १६ मेगावाट घटेको केन्द्रले जनाएको छ ।
नवलपुरमा बालिका र महिलामाथि हुने यौनजन्य हिंसाको अवस्था भयावह रूपमा देखा पर्न थालेको छ । पछिल्लो समय कुनै अप्रिय घटना जिल्लामा नभए पनि महिला बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । कावासोतीमा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रममा सो कुरा बताइएको हो । नवलपुरमा यस वर्ष अभिलेख गरिएका ३८ वटा घटनामा सबै गैरराज्य पक्षबाट पीडित भएका छन् । हत्या एक, कुटपिट नौ, आगजनी एक, बलात्कार दुव्र्यवहार १७, अमानवीय व्यवहार एक, महिलाविरुद्ध घरेलु हिंसा आठ, बहुविवाहका एक घटना रहेको देखाइएको छ ।
इलामको फिक्कल बजारबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम नेपालको सुगम र ठुलो उपमहानगर नेपालगन्जसँगै जोडिएको छ, डुडुवा गाउँपालिका । विकास निर्माणमा छिटो अगाडि बढ्ने चुनौती सामना गर्दै नरेन्द्रकुमार चौधरी लगातार दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । शिक्षा, स्वास्थ्य, पशुपालन र कृषिका क्षेत्रमा देशमै नमुना काम गरेको उहाँको दाबी छ । प्रस्तुत छ, गाउँपालिकाका अध्यक्ष चौधरीसँग गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानले गर्नुभएको कुराकानी :
उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि हुम्लाबाट हवाईमार्ग हुँदै बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । चिसोले दमका बिरामी बढेसँगै नेपालगन्ज र सुर्खेत झर्ने यात्रुको सङ्ख्या बढेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
खुम्चँदो राजस्व र कमजोर खर्चका कारण दबाबमा परेको सरकारी कोषमा सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षकै पहिलो तीन महिना गत आवको सोही अवधिको तुलनामा कम राजस्व सङ्कलन र खर्च भएको अवस्थाबाट क्रमिक सुधार देखिन थालेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिरसम्म सरकारले लक्ष्यको २५.५५ प्रतिशत अर्थात् तीन खर्ब ६३ अर्ब ४२ करोड रुपियाँ सङ्कलन गरेको छ जुन २०७९ मङ्सिर मसान्तको तुलनामा साढे ३६ अर्ब रुपियाँले बढी हो । गत वर्ष मङ्सिर मसान्तसम्म सरकारले तीन खर्ब २६ अर्ब ८९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
कवि गिलु रातोसको ‘सिलीदुङ’ कवितासङ्ग्रह सार्वजनिक भएको छ । विश्लेषक आहुति, राजनीतिकर्मी माइला लामा, लेखिका प्रणिका कायु र कवि रातोसले सार्वजनिक गर्नुभएको हो । कृतिमा ४४ वटा शीर्षकका छोटा कविता समेटिएका छन् । चार खण्डमा विभाजन गरिएका छन् । पहिलो खण्ड ‘प्रतिरोध’ अन्तर्गत ‘आगोको व्यापार’, ‘फूलकुमारी हराएको रात’, ‘देब्रे हातको सलाम’, ‘मेरो हुलियाको आवरण’, ‘मृत्यु जितेर उभिएको कवि’ लगायत १६ शीर्षकका कविता रहेका छन् ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरेको छ । आबाल ब्रह्मचारी षडानन्दको १८९ औँ जयन्ती एवं १६ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित पुरस्कार प्रदान समारोहमा संस्कृतिविद् डा. जगमान गुरुङले एक लाख रुपियाँ राशिको उक्त पुरस्कार उपाध्याय भट्टलाई प्रदान गर्नुभयो । उहाँ पूर्वीय दर्शनका विशिष्ट विद्वान्, तन्त्र र योगशास्त्रका चिन्तक, व्याख्याता तथा साधक हुनुहुन्छ । उपाध्याय भट्टले त्रिभुवन विश्वविद्यालय र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय सेवामा रही चार दशकभन्दा बढी समय पूर्वीय दर्शन, तन्त्रशास्त्र र योगशास्त्रको अध्ययन–अध्यापन तथा साधनामा र
सनातन संस्कृतिको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया एक सुन्दर भविष्य’ को टिजर विवाहपञ्चमीका अवसरमा सार्वजनिक गरिएको छ । युटोपियाको अर्थ रामराज्य हुने भएकाले पनि रामसीता विवाहका अवसरमा सार्वजनिक गरिएको हो । टिजरमा सनातन धर्म, संस्कृतिभित्र लुकेका रहस्यहरू उजागर गर्ने निर्माता पक्षले जनाएको छ ।
सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई/मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको पश्चिमी क्षेत्रको काम अवरोध भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल र भारतबिचको सीमा विवादका कारण मुलुकको पश्चिमी क्षेत्रमा हुलाकी राजमार्ग कालोपत्रेको अवरोध भएको जानकारी दिनुभएको हो। राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकमा मन्त्री ज्वालाले सो जानकारी दिनुभयो । उहाँले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा राजमार्ग कालोपत्रे कार्य अवरोध भएको बताउनुभयो । कालोपत्रे कार्यमा भारतीय सीमा सुरक्षा बलले समेत अवरोध पु¥याइरहेको मन्त्री ज्वालाको भनाइ थियो । समितिले केही दिनअघि त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
युडब्लुएस नेपालले गुल्मीका ६ स्थानीय तहमा १८ वटा विद्यालय भवन निर्माण गरेको छ ।
गुल्मीमा बोका चोरेकाे आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुस–युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका टीकापुरका भरतबहादुर शाहको कुशको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ ।
मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका-२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो।