• १३ असोज २०८१, आइतबार

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

blog

बाजुराको बडिमालिका–२ जुगाडा स्थित भौनेरामा दुर्घटना भएको ट्याक्टर। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, पुस १ गते।  बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  

मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका-२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय हिक्मतबहादुर रोकाया बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी र बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

चालक हिक्मत रोकायाले चलाएको सु.प्र ०१००२ त ४१०५ ट्याक्टर लु ४ त ७३०५ को ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिनुभयो। 

केही वर्ष पहिला त्यसै ठाउँमा जिप पल्टिदा चार जनाको ज्यान गएको थियो।