हेटौँडा उपमहानगरपालिका १३ टुटेपानीस्थित एक गोठमा आगलागी हुँदा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामा पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो ।
“सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भन्नुभयो, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।”
मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीले दुई घरमा क्षति पुर्याएको छ । मनहरी गाउँपालिका ८ सिमपानीस्थित टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्णरुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै उक्त हात्तीले आइतबार
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।
सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा भारतको समग्र निर्यात करिव ६२.५८ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।
चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सत्तारुढ दल नेकपा (एकीकृत माजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी हुनुभएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न ५० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालित ‘पाँचौँ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सम्पन्न भएको छ ।
बाङ्गे नडाहा हुँदै धरान जोड्ने सडकको निमार्ण कार्य सुरु भएको छ । गत जेठबाट सुरु भएको सडक बनाउने कामले तीव्रता लिन थालेको हो ।
पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गर्नुभएको छ ।
तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन ।