सप्तरीको राजविराज बसपार्कको निर्माण पूरा नभएपछि सडकबाटै बस सञ्चालन भइरहेको छ । नगरमा सडकबाट बस, मिनी बस, माइव्रmोलगायतका सार्वजनिक यातायात सञ्चालन हुँदा दुर्घटनाको खतरा रहेको स्थानीय बताउँछन् । बसपार्क निर्माणमा ठेकेदारको ढिलाइका कारण निर्माण सम्पन्न हुन सकेको छैन ।
सङ्खुवासभाको १० स्थानीय तहहरूमध्ये सबैभन्दा दुर्गम स्थानीय तह हो भोटखोला गाउँपालिका । साबिक किमाथाङ्का, चेपुवा, हटिया र पावाखोला गाविसलाई समेटेर गठन गरिएको यस पालिकामा पाँच वडा छन् । मित्रराष्ट्र चीनसँग सि
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ ।
सर्लाही सदमुकाम मलङ्गवामा नेपाल–भारत सीमा नजिकै एक किशोर मृत अवस्थामा फेला परेका छन् । मलङ्गवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकालीदेखि पूर्वतर्फ अन्दाजी २०/२१ वर्षका तराई मुलको जस्तो देखिने किशोर मृत फेला परेका हुन् ।
चापाकोट नगरपालिका–५ हिलामराङ र कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आइतबार राति भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् ।
पर्यावरणीय एवं वातावरणीय हानिबिना नै प्रविधिको विकास गरी प्रकृतिमैत्री कृषि निर्माणमा लाग्नुपर्ने सरोकारवालाले जनाएका छन् । कृषिमा विभिन्न स्रोतबाट लगानी आइरहेको उल्लेख गर्दै उनीहरूले ती लगानी प्रकृतिमैत्री प्रविधि विकासमा लगाउनुपर्ने कुरामा जोड दिएका छन् ।
पत्रकार धिरन बहादुुर खत्रीलाई ‘मिडिया सोसाइटी अवार्ड–२०८०’द्वारा सम्मानित गरिएको छ ।
वैदेशिक रोजगार विभागले दोस्रो संशोधित मापदण्ड अनुसार विवरण पेस गर्न सबै अभिमुखीकरण तालिमप्रदायक संस्थालाई निर्देशन दिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि दोस्रो संशोधनले नयाँ मापदण्ड तयार गरेकाले सोहीबमोजिम तालिमप्रदायक संस्थालाई आउँदो पुस १९ भित्र अद्यावधिक गर्न विभागले निर्देशन दिएको हो ।
काठमाडौँ उपत्यकामा पाइपमार्फत पानी वितरण प्रणालीको विकास हुनुभन्दा अघिसम्म ढुङ्गेधारा (हिटी) र इनारको पानीले नै जीवनयापन हुँदै आएको जगजाहेर छ । सांस्कृतिक एवं पुरातात्त्विक महत्व बोकेका ढुङ्गेधाराले उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्नुका साथै सहरी सभ्यता र सौन्दर्यीकरणमा समेत सघाउ पुर्याएका थिए । त्यसो त ढुङ्गेधारामा विभिन्न देवीदेवता तथा नागका मूर्तिहरू कुँदिएको पाउनुलाई धार्मिक सहिष्णुताको द्योतक भएको संस्कृतिविद्को अभिमत पनि छ । बालाजुका बाइस धारा र ललितपुरको कुम्भेश्वर स्नानको धार्मिक महत्व बेग्लै छ । कुम्भेश्वरका धारामा आउने पानीको मुहान पवित्रस्थल गोसाइँ
मुलुकमा संविधान जारी भएको आठ वर्ष व्यतीत भएको छ । यसबिचमा दुई पटक आमनिर्वाचन र स्थानीय निर्वाचन सम्पन्न भएका छन् । यसको अर्थ सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको र यसप्रति नागरिक आश्वस्त हुन थालेको हुनुपर्ने हो । यो संविधान कसैले दिएको नभई सार्वभौमसत्ताको उपभोग गरेको संविधान सभाबाट जारी भएको हो तर मुलुकको राजनीतिक स्थिरता र अमनचयनमा यो संविधान र संविधानबाट निसृत अधिकार र प्रक्रियाबारे प्रश्न उठ्न थालेका छन् । स
सर्लाही सदरमुकाम मलङ्गवामा प्याष्टिकमा भ्रुण बोकेर हिँडेका एक भारतीय नागरिक पक्राउ परेका छन् ।
यस वर्षको दसैँमा परिवारजनसँग रमाउँदै निलो आकाशमुनि चङ्गा उडाउँदै गर्दा पृष्ठभूमिमा टल्किरहेका सेता हिमालले वातावरण अझ मनमोहक बनाएको थियो । सफा वातावरणमा बालबालिकाहरू पिङमा चचहुई गरिरहँदा काठमाडौँ सधैँ यतिकै सफा भइदिए कस्तो हुन्थ्यो होला भनेर मनले गुनिरह्यो । दसैँ मनसुन सकिएपछिको समयमा पर्छ । यो बेला वर्षभरिकै सबभन्दा धेरै दिन सार्वजनिक बिदा हुन्छ । फेरि दसैँ मनाउन धेरै मानिस आफ्नो थातथलो जान्छन् । त्यसैलै सवारीसाधन न्यून
अर्थतन्त्रमा नकारात्मक विषयवस्तुले बजार पाइरहेका बेला खुसी दिने परिसूचक प्राप्त हुन थालेका छन् । विगत दुई वर्षदेखि नेपाली उपभोक्तालाई महँगीले सताएको थियो । महँगी घट्दो तहमा आइपुगेको केन्द्रीय बैङ्कको अध्ययन निष्कर्षले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् कात्तिक महिनामा आइपुग्दा मुद्रास्फीति ५.३८ प्रतिशतमा आइपुगेको छ । असोज महिनामा मात्र पनि मुद्रास्फीति ७.५ प्रतिशतमा थियो । मुद्रास्फीति घट्दो क्रममा जाँदा त्यसले अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा प्रभाव पार्छ । मुद्रास्फीति न्यून हुँदा उपभोक्तालाई महँगीको मारबाट जोगाउँछ । साथसाथै अर्थतन्त्रमा ब्याजदरलाई न्यून बिन्दु
कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण जस्ता अव्यावहारिक नाराले नेपालको ५० प्रतिशतभन्दा बढी कृषि जैविक विविधता नष्ट भइसकेको छ । बाँकी रहेको ५० प्रतिशत जैविक विविधता संरक्षणमा नेपालले हजारौँ वर्षदेखि अवलम्बन गर्दै आएको पारिवारिक खेती प्रणाली नै मुख्य कारण हो । विडम्बना गएको सात दशकदेखि राज्य स्वयम् नै स्रोतसाधन जनशक्ति खर्चिएरै प्रकृति पर्यावरणमैत्री आत्मनिर्भरमुखी पारिवारिक खेती प्रणालीलाई भत्काउन लागिपरेको छ । उत्पादन वृद्धि गर्ने नाममा किसानले जोगाएर राखेको रैथाने मात्र होइन अनुसन्धान केन्द्रबाट उन्मोचन गरेका उन्नत बिउलाई समेत ओझेल पार्ने काम भइरहेको छ ।
सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्थानिय राष्ट्रिय शारदा आधारभूत विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक कुन्दन सदाको ज्यान गएको हो ।