नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले दुई सय ५० जना मोतिबिन्दु रोग लागेर छनाेट भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
मनाङ नासोका दलितले सम्बृद्धि आए पनि आफूहरुका लागि नआएको भन्दै गुनासो गरेका छन् । नासो गाउँपालिका –४ घेलान चोकका ११ घर दलितहरु चिसोमा कष्टकर जीवन जिउन बाध्य भएका छन् ।
नवलपुरको बुलिङटार– ४ मा रहेको पुरानो मगर बस्ती पहिरोको चपेटामा परेको छ । एक सय ८० परिवार र विद्यालय चारै तिरबाट पहिरोको चपेटामा परेको छ ।
झापाको मेचिनगर नगरपालिका –१० धुलाबारीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
कृषि विकास बैंकले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत् वाटर डिस्पेन्सन खानेपानी मेसिन हस्तान्तरण गरेको छ ।
नवलपुरमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । पुस ८ गतेबाट सञ्चालन हुने १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ ।
संविधानसभा सदस्य कमलप्रसाद पंगेनीको स्मृतिमा कमल पंगेनी स्मृति प्रतिष्ठान गठन गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताउनुभएको छ ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चार वटा उद्योगसँगको सम्झौता रद्द गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका –३ मैटहवानजिक टिप्परले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।
पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिभल सुरु भएको छ ।
आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ ।
निजी क्षेत्रको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म महोत्सव हुनेछ ।
काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो ।