सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीयताप्रति जनताको भरोसा जगाउन प्रदेश र स्थानीय सरकारले अझ बढी जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पूर्वी नवलपरासीमा दैनिक जसो इन्द्र पूजा, भ्यागुता पूजा, माई पूजा लगायतका पूजा गर्दै पानी माग्न थालिएको छ । लामो समयसम्म पानी नपरेपछि पानी पार्न भन्दै कावासोती -९ को समावेशी चोक र बगैँचा चोकको बीचमा सामूहिक पूजापाठ गरिएको छ ।
जिल्लामा सञ्चालनमा रहेका कपडा सिलाइ बुनाइको व्यवसायमा स्थानीय दक्ष जनशक्ति नहुँदा व्यवसायीहरूले समस्या भोग्नुपरेको गुनासो राख्नुभएको छ ।
फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती कन्याको आइतबार गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैँचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो ।
रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ ।
नागरिकलाई प्रवाह गरिने प्रहरी सेवालाई मानवअधिकारमैत्री बनाउन पहिलो पटक दुर्गम भेगमा रहेका प्रहरी युनिटलाई मानवअधिकार प्रशिक्षण दिइएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ ।
जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लागू गरेको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो ।
शे-फोक्सुण्डो गाउँपालिका –८ रिग्मो गाउँमा रहेको पर्यटकीय स्थल फोक्सुण्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
मङ्गलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा तीन सय र चाँदी तोलामा पाँच रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तातो हावा लू चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले घर बाहिर निस्कने सर्वसाधारणको सहजताका लागि बाँकेका विभिन्न ठाउँमा चिसो खानेपानी वितरण सुरु गरिएको छ ।
बाराको सिम्रौनगढ नगरपालिका –१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।
गर्भवती, सुत्केरी र दुई वर्षभित्रका बालबालिकालाई हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिकाले पौष्टिक आहार वितरण गर्ने गरेको छ ।
सरकारले ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।