दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
तनहुँमा प्लाष्टिकको बोराभित्र मङ्गलबार दिउँसो महिलाको शव फेला परेको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ।
सगरमाथा आरोहणको ७०औँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२३ का अवसरमा इस्लामाबादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारी, पत्रकार र नेपालका मित्रहरूको उपस्थितिमा कार्यक्रमको आयोजना गरेर मनाइएको छ।
बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्षको कैद फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतले एक १२ वर्षीया बालिकालाई बलात्कार गर्ने चार जनालाई १८ वर्षको कैद फैसला गरेको हो ।
नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार काठमाडौंको माइतीघर मण्डलामा नागरिकताको माग गर्दै आत्मदाहको प्रयास गरेका हुन् ।
सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगरेको भन्दै कारण देखाउन आदेश दिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र युरोपियन युनियन (ईयू) प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेट भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ।
यता जेठ २८ गतेदेखी लगातार पानी पर्न थालेपछी किसानले हिउँदे धान रोप्न सुरु गरेका हुन् ।
दोलखाको कालिन्चोक गाउँपालिका – ४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सो भवनको उद्घाटन गर्नुभएको हो ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु नहुने बताउनुभएको छ।
नेपाल संस्कृत विश्वविद्यालयको स्थापना योगी नरहरिनाथले चिम्टा गाडेर सुरुवात गर्नुभएको थियो । हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुन्थ्यो संस्कृत विश्वविद्यालय परिसर, केही महिनाअघि मात्रै राष्ट्रपति आउँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयभित्र पुग्ने सडकका खाल्डाखुल्डी सम्म्याउने काम भएको थियो ।