वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनः निर्माण गरिएको छ ।
तनहुँका सबै पालिकाहरुमा गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग महामारीलाई नियन्त्रण लिन पशु स्वास्थकर्मीहरुलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो ।
दोलखाको तामाकोसी गाउँपालिकाले पालिकाभित्रका ३० समूह किसानलाई अनुदानमा ब्याडका बोका वितरण गरेको छ । असल शासन समन्वय समिति, गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत प्राविधिक सहयोगमा ३० वटा ब्याडका बोका वितरण गरिएको पालिका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो ।
बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी कोरिडोर सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारी गर्दै गर्दा बागमती प्रदेश सभाको बैठक यही बिहीबार बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
भाइबहिनीहरू, हामी विद्यार्थी, सिक्ने, खेल्ने, रमाउने बेला । र हामी आजका विद्यार्थी कस्ता छौँ, के बन्ने, कस्तो बन्ने र त्यसका लागि के के सिक्ने त ? यो हाम्रा लागि जान्नैपर्ने विषय हो । यससँगै परिवार, समाजभित्र रहेका र हामीले जान्नैपर्ने मध्ये कला–संस्कृति, अनुशासन र कर्तव्य पनि हो । कक्षामा शिक्षकले सहजीकरण गरिरहँदा सिकाइमा ध्यान दिनुपर्दछ । शिक्षकको सहयोगमा सिर्जनशील बन्नुपर्दछ । प्रत्येक दिन उपलब्धिमूलक गृह तथा कक्षा कार्यहरू मात्र गर्नुपर्दछ । परी
भाइबहिनीहरू, गुरु भनेको ज्ञानको अखण्ड ज्योति हो । यस गुरुपूर्णिमाको महत्व र महिमासँगै आफूलाई जन्म दिने मातापिता पनि पहिलो गुरु हो । त्यसर्थ पौराणिक ग्रन्थमा पनि ब्रह्मा, विष्णु र महेश्वरलाई गुरुको स्वरूप मानिएको उल्लेख भएको छ । जसले विद्या, विनय र शिष्टता सिकाइरहेको हुन्छ भने त्यसलाई नै आदर्श जीवनको मूल्य दायित्व बहन गर्न सक्ने असल गुरु मानिन्छ । असल गुरुको चेला नै शिक्षित र कल्याणकारी व्यक्तित्व बन्न सक्छ । त्यसकारण भाइबहिनीहरू गुरुपूर्णिमाको महत्वला
तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
सर्वोच्च अदालतले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको यो निर्णयसँगै बर्दिबासमा मेडिकल कलेज स्थापनाका लागि मार्ग प्रशस्त भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सोमबार उक्त रिट निवेदन खारेज गरेको हो। खारेजी फैसलाको पूर्ण पाठ आउन बाँकी छ। वातावरण अभियन्ता देवनारायण मण्डलले चुरेको वन क्षेत्रमा निर्माण हुन लागेको मेडिकल कलेज सञ्चालन गर्ने निर्णय खारेजीको मागसहित २०७८ माघ ३ गते रिट निवेदन दायर गर्नुभएको थियो। चुरेको वन मासेर संरचना निर्माण गर्न नहुने भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर रिट निवेदन दायर गरिएको थियो।
पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको समूहलाई कोशी प्रदेश सरकारले वार्तामा आउन पत्राचार गरेको छ। प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता तथा संवाद गर्न गठन गरेको वार्ता समितिको सोमबार अपराह्न बसेको बैठकले प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाउने निर्णय गरेको हो।
नागरिक लगानी कोषले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शाखा स्थापना गरेको छ। कोषले कर्णाली प्रदेशका सेवाग्राहीलाई लक्षित गरेर शाखा स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सोमबार शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरी समृद्ध कर्णाली निर्माणको अभियानमा हातेमालो गर्न कोषलाई आग्रह गर्नुभयो। कोषले सर्वसाधारण एवं विभिन्न सङ्गठित सङ्घ संस्थामा कार्यरत कर्मचारी कामदार तथा संस्थाबाट बचत सङ्कलन गरी बचत लगानी प्रबन्ध गर्दै आएको छ। कोषका कार्यकारी निर्देशक रमण नेपालले कर्णाली प्रदेश सरकार र स्थानीय सरकारले राम्रो प्रतिफलयुक्त योजना ल्याए लगानी गर्न तयार रहेको बताउनुभयो।