राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ ।
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा-मुग्लिन अन्तर्गत पूर्वी खण्डको दुईतर्फी कालोपत्रे सुरु भएको छ ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार मध्याह्नबाट बैठक सुरु भएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–४,नाउरा स्थित रनजनज्योति आधारभूत विद्यालयमा तीन कक्षा सम्म पढाई हुँदै आएको छ । भौगोलिक रुपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यहीँ विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् ।
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधवार बिहान २ बजे बारामा दुर्घटना २७ जना घाइते भएकाहरूको पहिचान खुलेको छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टा बाट काठमाडौँ तर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठक्कीएको थियो ।
नवलपुरमा जबर्जस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।
इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
झापामा बुधवार बिहानै थ्रेसरमा च्यापिएर एक व्यक्तिको मृत्यु भएको छ । आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बाङ्गे–नडाहा हुँदै धरान जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ । गत जेठबाट सुरु भएको सडक बनाउने कामले तीव्रता लिन थालेको हो । वराहक्षेत्र नगरपालिका–३, बाङ्गेदेखि धरान १७ जोड्ने कालोपत्रे सडक बनाउने कामले पछिल्लो समय गति लिन थालेको छ ।
सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगर्दा उत्तरी मुलुक चीनको व्यापारिक नाकासँग जोडिएको गमगढी–नाकच्यालाग्ना सडकको ट्र्याक खोल्न ढिलाइ भएको छ। जिल्ला सदरमुकाम गमगढीदेखि चीनको सिमानासम्म ९१ किलोमिटर उक्त सडक निर्माण बजेट अभावमा सुस्त गतिमा छ। उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा निर्माण भइरहेको छ।
प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।