नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज (बुधबार) पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो ।
रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो । अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन् । अझ घरका झ्याल ढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूर्ति त भेटिनै छाडिसके ।
दोलखाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाको सिमानाको घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ ।
सप्तरीको एक विद्यालयको अभिभावक भेलाले सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुनुपर्ने माग गरेका छन् । राजविराज नगरपालिकाको श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा राजनीति सङ्गठनमा लागेका शिक्षक मुक्त शिक्षा र अङ्ग्रेजी माध्यमको पठनपाठन यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गरिएको हो ।
आँपको राजधानीको रूपमा चिनिने लहानमा आँपको बजार व्यवस्थापनको लागि लहान नगरपालिका कृषि शाखा सक्रिय भएको छ ।
कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतको अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे ।
पूर्वी नवलपरासीको कावासोतीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्यले गति लिएको छ । विगत दुई वर्षअघि चिस्यान केन्द्रको निर्माण कार्य थालनी गरिएको भए पनि विविध कारणले केही समय काम रोकिएको थियो ।
पुनर्वास नगरपालिका –९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो देखिने जमिन हराभरा देखिन थालेका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सुरु भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरु भएको हो ।
संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ । समितिको आज (बधुबार) को बैठकमा प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् ।
बाँकेका आठमध्ये चारवटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पानुभएको छ ।
अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज –११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा ३० वर्षीय नारायण यादव रहेका छन् ।