घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई देखाइएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।
हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘हिँड माया हिँड’ सार्वजनिक भएको छ । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द र सङ्गीत छ । स्वरमा उहाँलाई गायिका स्मिता दाहालले साथ दिनुभएको छ । मसाज सेन्टर या डान्सबारको काम भनेर लैजाने तर त्यहाँ पुर्याएपछि देह व्यापारमा लगाउने, यातना दिनेलगायतका समस्या बढिरहेका छन् । त्यही कथा गीतमा छ । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियङ्का कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय रहेको छ ।
उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो ।
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजिएटा लिमिटेडको सेयर खरिदबिक्री पहिलो दृष्टिमै गडबड भएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उहाँले खरिद प्रक्रिया अपारदर्शी र अप्राकृतिक भएको पनि बताउनुभयो । उहाँले छानबिन समितिको प्रतिवेदनले ठहरे अनुसार कानुनी कारबाही हुने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । सङ्कलन गरिएको नामावली यसै साता सार्वजनिक गर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय र प्रदेश सभा सचिवालयबाट पठाइएको नामावली रुजु गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ ।
उपत्यकाका नगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा विकासका योजना कार्यान्वयन गर्ने प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेका छन् । आर्थिक वर्षमा सञ्चालन हुने योजनाबारे उपत्यकाका १८ वटै नगरपालिकाले उपभोक्ता समितिलाई योजना सम्झौतासम्बन्धी तालिम सञ्चालन गरी समयमै योजना कार्यान्वयन गर्ने अभियान सञ्चालन गरेका हुन् ।
हात्ती लामो समयसम्म बसेपछि पूर्वी नेपालका केही स्थानका बासिन्दा रातभर सुत्न पाएका छैनन् । झापासहित मोरङ र सुनसरीमा हात्तीका हुल दिनहुँ देखिँदै आएका छन् । भारतबाट आउने गरेका हुलका हुल हात्ती केही समय नेपाल रहने र त्यसपछि भारत नै फर्कने गरेकोमा यस पटक फर्किएका छैनन् । उनीहरू झापाको जलथलको जङ्गल, चारआलीको जङ्गल, दमकको हम्सेदुम्से सामुदायिक वनको जङ्गलसहित पूर्वी नेपालका विभिन्न जङ्गलमा रहँदै आएका छन् । विशेष गरेर झापाका जङ्गललाई उनीहरूले केन्द्र बनाएका छन् ।
उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
स्रोत नखुलेको १६ लाख १० हजार रुपियाँसहित सशस्त्र प्रहरीले मंगलबार विराटनगरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।