• ३ जेठ २०८२, शनिबार

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

blog

साङ्केतिक तस्बिर ।

सुजल श्रेष्ठ

प्युठान, पुस ३ गते । प्युठान नगरपालिका वडा नम्बर २ झारिवाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त २१८८ नम्बरको ट्याक्टर दुर्घटनामा रम्भादेवी गाउँपालिका–४ पाल्पाका २३ वर्षीय डम्बर बहादुर सुनारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिनुभयो ।

प्युठान नगरपालिका वडा नम्बर २ कै आरनेटाबाट दाखाक्वाडी जाँदै गरेको ट्याक्टर ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा घाइते सुनारी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नौबहिनी गाउँपालिका वडा नम्बर ४ खवाङका १९ वर्षीय नवीन मल्ल घाइते हुनुभएको छ । घाइते मल्लको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।