वित्तीय उत्तरदायित्वको अन्तिम मूल्याङ्कनकर्ता सर्वोच्च लेखा परीक्षण निकाय र संसद् भए पनि उत्तरदायित्वको आधार सिर्जना गर्ने काम व्यवस्थापन (कार्यकारिणी) को हो । व्यवस्थापनले सङ्कलित राजस्व, विनियोजित रकम र सार्वजनिक सम्पत्तिको तथ्यगत हिसाब राख्ने, विश्लेषण गर्ने र हिसाब बुझाउने काम गर्दछ । आर्थिक कारोबारलाई व्यवस्थित, स्वच्छ र शुद्ध बनाई सोको विवरण र प्रतिवेदन महालेखा परीक्षक (र यसमार्फत संसद्) लाई बुझाउने र आफूबाट सम्पादित वित्तीय कारोबारको स्पष्ट परीक्ष
विश्वमै इन्टरनेट सुविधा सुलभ हुनुअघि मूलधारका पत्रिका, रेडियो र टेलिभिजन मात्र सूचना वा समाचारका प्रमुख स्रोत थिए । मूलधारका मिडियामा आमपाठकका प्रतिक्रिया र विचारहरू सम्पादनपछि प्रस्तुत हुन्थे तर प्रविधिको विकाससँगै समग्र पत्रकारितामै आमूल परिवर्तन जारी छ । आमनागरिकको सञ्चार माध्यममा सक्रिय सहभागिता, योगदान अर्थात् नागरिक पत्रकारिता अचेल विकसित भइरहेको नयाँ आयाम हो । नागरिक पत्रकारिताबारे बुझ्न हामी विगतका केही घटना केलाऔँ ।
१. विसं २०८० जेठ २७ मा सम्पन्न ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन’ को उपाधि जित्ने क्लब कुन हो ? चर्च ब्वाइज युनाइटेड (उपविजेता : मच्छिन्द्र फुटबल क्लब) – चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै लिग च्याम्पियन हुन सफल भएको । गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन भएर चर्च ब्वाइजले यस पटक पहिलो पल्ट घरेलु शीर्ष लिग खेलेको थियो ।
नेपालको वित्तीय प्रणाली १. नेपालको वित्तीय प्रणालीको संरचनाबारे चर्चा गर्दै वित्तीय क्षेत्र विकासका लागि के कस्ता विषयमा ध्यान दिनुपर्ला, आफ्नो विचार प्रस्तुत गर्नुहोस् । अर्थतन्त्रमा पुँजीको माग, आपूर्ति, पहुँच, कारोबार, भुक्तानीलगायतका वित्तीय कामकारबाहीसँग सम्बन्धित नीतिगत, कानुनी एवं संस्थागत संरचनाको समग्रतालाई वित्तीय प्रणालीका रूपमा बुझिन्छ । मुलुकभित्र उपलब्ध सीमित पुँजीलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरी आर्थिक वृद्धि र विकासलाई गति दिन सुदृढ वित्तीय प्रणालीको महìवपूर्ण भूमिका रहन्छ । नेपालको वित्तीय प्रणालीको संरचनालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : – नेपालको वित्तीय प्रणालीमा बैङ्किङ, बिमा, पुँजीबजार, गैरबैङ्किङ वित्तीय क्षेत्र र सहकारी गरी मुख्य पाँच क्षेत्र छन् ।
नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आवाज तथा भाषण कला (भ्वाइस एन्ड स्पिच) कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिनुभएको हो । उहाँका साथमा सहायक प्रशिक्षकका रूपमा देव न्यौपाने रहनुभएको थियो ।
सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको दुई प्रतिशत विलासिता कर नलगाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा १० लाखमाथिको सुनचाँदीको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । सुनचाँदी व्यवसायीले मङ्गलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी सो कर फिर्ता गर्न माग गरेका थिए । भेटमा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताउनुभयो । “हामीले हीरा, जवाहरत, पत्थर जस्ता महँगा सुनचाँदीजडित गहनामा दुई प्रतिशत विलासिता कर लगाउने भनेका हौँ । यस्ता वस्तुहरू जडान नगरिएका सुनचाँदीका गरगहनामा कर लगाइँदैन ।”
एभरेस्ट बैङ्कको इटहरीस्थित शाखामा रहेका विभिन्न ग्राहकको खाताबाट डेढ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा पक्राउ आरोपितमध्ये बैङ्ककै एक जना कर्मचारी कारागार चलान भएका छन् । विराटनगर महानगरपालिका–८ घर भई सोही बैङ्कमा अपरेसन मेनेजर पदमा कार्यरत ३४ वर्षीय नीरज प्रधान पुर्पक्षका लागि कारागार चलान भएका हुन् । उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले अपरेसन मेनेजर प्रधानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हु निङबिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र परामर्शदातृ सम्मेलनका अध्यक्ष हु निङबिच मङ्गलबार ग्रेट हल अफ पिपुल्समा भेटवार्ता भएको हो ।
लगातार सुधारिएको सेयर बजारले दुई हजारको बिन्दु नाघेको छ । सेयर बजारमा सुधारले साताको तेस्रो दिन पनि निरन्तरता पाएको छ भने कारोबार रकम चार अर्ब नाघेको छ । मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ३४.१७ अङ्कले उकालो लागेर दुई हजार २०.६४ को बिन्दुमा पुगेर रोकिएको छ ।
सर्वसाधारण उपभोक्तामा प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै प्याजको भाउ आकासिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटका सन्दर्भमा सत्ता साझेदार दलबिचमै देखिएको असन्तुष्टि र गुनासो सम्बोधन गर्नका लागि औपचारिक रूपमै पहल थालिएको छ। सत्ता साझेदार दलहरूबिच समझदारी कायम गरेरै बजेट पारित गर्ने गरी बहुपक्षीय परामर्श प्रारम्भ भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान सत्ता साझेदार दलको बैठकमा बजेटमा देखिएका विमति सम्बोधन गर्ने सन्दर्भमा केन्द्रित रहेर छलफल भयो। साथै मङ्गलबारै अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा पनि बजेटमाथि उठेका प्रश्न र गुनासोको विषयले प्रवेश पायो।
नेपाल प्रहरीले विभिन्न मिति र स्थानबाट जफत गरेका छ हजार बेवारिसे हतियार नष्ट गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार १८९ थान, पेस्तोल ६४ थान, म्याग्नम एक थान, एयर गन एक थान र नाम नखुलेको १३ थान गरी छ हजार २६८ थान हातहतियार एकसाथ नष्ट गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय, स्थानीय प्रतिनिधि तथा बुढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा हतियार नष्ट गरिएको जानकारी दिनुभयो ।
नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय अदालतबाट नेपालको पक्षमा न्याय दिलाउन खट्ने सबै पक्षलाई धन्यवाद दिएको हो ।
खानेपानीको चरम अभाव झेल्दै आएको धरान उपमहानगरपालिकाका बासिन्दाले थोरै भए पनि राहत पाउने भएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले अगाडि सार्नुभएको श्रमदान अभियानको सफलतासँगै धरानमा ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो। प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ। यसअघि इजलासले गरेको समय व्यवस्थापन अनुसार बुधबार बहस सकेर थुनछेक आदेशको तयारी थियो।