यता जेठ २८ गतेदेखी लगातार पानी पर्न थालेपछी किसानले हिउँदे धान रोप्न सुरु गरेका हुन् ।
दोलखाको कालिन्चोक गाउँपालिका – ४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सो भवनको उद्घाटन गर्नुभएको हो ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु नहुने बताउनुभएको छ।
नेपाल संस्कृत विश्वविद्यालयको स्थापना योगी नरहरिनाथले चिम्टा गाडेर सुरुवात गर्नुभएको थियो । हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुन्थ्यो संस्कृत विश्वविद्यालय परिसर, केही महिनाअघि मात्रै राष्ट्रपति आउँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयभित्र पुग्ने सडकका खाल्डाखुल्डी सम्म्याउने काम भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सामान्य स्वास्थ्य परीक्षणमाका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जानुभएको छ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मङ्गलबार मन्त्रिपरिषद्को नियमित बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।
मधुपर्क सम्मान-२०८० बाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ कथाकार पुष्कर लोहोनी र छन्द कवि प्रभा भट्टराई आचार्य पुरस्कृत तथा सम्मानित हुनुभएको छ।
यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज (मङ्गलबार) पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।
पहिलो पटक वालिङमा देखिएको ठेउला जिल्लाका वालिङ, पुतलीबजार, कालीगण्डकी, चापाकोट लगायतका पालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालमा समेत ठेउलाका ६ विरामी उपचारका क्रममा रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।
घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ ।
“पसलमा राखिएका हस्तकलाका सामग्रीहरू बिक्री नभएको २० दिन बितेको छ”, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्नुहुन्छ, “वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।”
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि उदयपुर लगायत उच्च पहाडी क्षेत्रमा अवस्थित थप चार जिल्लाका ३४ वटा स्थानीय तहहरूमा अपाङ्गता रोकथाम तथा पुन : स्थापना कार्यक्रम लागु गर्ने भएको छ ।
पुतली बजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले अनलाइन कर भुक्तानी सेवा प्रारम्भ गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।
कोहलपुर नगरलाई सुन्दर र हरियो नगर बनाउने अभियानलाई तीव्र पारिएको नगरपालिकाले जनाएको छ । नगरमा रुख र बोटबिरुवा निकै कम रहेको ठहर गर्दै नगरपालिकाले बिरुवा रोप्ने र रोपिएका बिरुवाको संरक्षण गर्ने कार्यलाई तीव्र पारेको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्यौलता देखिएको छ ।