• २३ वैशाख २०८२, मङ्गलबार

दुर्घटनामा तीन जना घाइते

blog

अर्जुन काफ्ले
स्याङ्जा, पुस २ गते ।
चापाकोट नगरपालिका–५ हिलामराङ र कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आइतबार राति भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् ।

चापाकोट ज्याग्दी खोलाबाट पानी  लिएर मकैडाडा जाँदै गरेको हिमाल कन्ट्रम्सन प्रालिको ट्याङकर उकालोमा  सडकबाट दुई सय मिटर खसेको हो ।

ट्याङकर दुर्घटनामा चालक बुटवल उप महानगरापलिकमका १८ नयाँ गाउका ३१ वर्षीय  हिरा परियार र सह चालक स्थानिय ३२ वर्षीय जिगर परियार घाइने हुनुभएको हो ।

सहचालक परियारको अवस्थामा सामान्य रहेपनि चालक परियारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरी निरीक्षक पहल सिंह रानाले जानाकारी दिनुभयो ।

यस्तै, कालीगण्डकीको मिर्मिबाट जयपतेतर्फ आउँदै गरको लु २१ प ५३८६ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित गई दुर्घटना हुँदा शिवराज नगरपालिका कपिलवस्तुका २४ वर्षीय सलमान खान गम्भीर घाइते हुनुभएको छ । गम्भीर खानको कालीगण्डकी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको लामाले बताउनुभयो ।