स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना भएको छ । दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् ।
भेरी अस्पताल नेपालगञ्जले निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको रेबिज विरुद्धको भ्याक्सिन सकिएको जानकारी गराएको छ । अस्पतालले सोमबार सर्वसाधारणका लागि एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो ।
बाँके राप्तिसोनारी गाउँपालिका –८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैँ नरसिङ्गा फुक्नुहुन्छ । लोप हुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफू पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताउनुभयो ।
तनहुँमा रुखबाट लडेर घाइते एक वृद्धको आज मृत्युभएको छ ।
उत्पादन लागतभन्दा कम मूल्यमा पनि इँटा विक्री हुन छोडेपछि रौतहटका इँटा उद्योग धमाधम बन्द भएका छन् । दुई वर्षअघि एक सय ६३ वटा उद्योग सञ्चालनमा रहेको यस जिल्लामा अहिले ४६ वटा मात्र सञ्चालनमा छन् ।
तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ ।
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बसपार्कमा प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा विट स्थापना गरिएको छ।
बाँकेको खजुरा गाउँपालिकास्थित पुरानै नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि छनोट हुनुभएको छ ।
इलामको रोङ गाउँपालिकाले पालिकाभित्रका सहकारीलाई व्यवस्थित बनाउने काम सुरु गरेको छ । ग्रामीण अर्थतन्त्रको मुख्य आधार सहकारी भएको भन्दै रोङ गाउँपालिकाले सहकारीलाई व्यवस्थित बनाउन सुरु गरेको हो ।
फ्रेन्च ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जित्नुभएको छ । आइतबार राति भएको फायन्लमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्नुभयो ।
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा मंगलबारदेखि दोस्रो दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप हुँदैछ ।
तमालले छोपेको जङ्गलभित्र सेता र राता गुराँसले ढाकिएको डाँडाको बीचमा रहेको चिवाभञ्ज्याङको टाकुराबाट नेपालतर्फ चियाउँदाको बेग्लै अनुभव हुन्छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरिद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताउनुभएको छ ।