कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा-१० झरालीस्थित स्वास्थ्यचौकीमा वडा कार्यालयले आयोजना गरेको हो ।
विवेक राम्रोसँग बोल्न सक्नुहुन्न, हात त चल्दै चल्दैन तर बुद्धिको प्रयोग गर्न भने उहाँ निक्कै माहिर हुनुहुन्छ । शारीरिक रूपले फरक क्षमताका विवेकले हालसम्म औपचारिक शिक्षा लिनु भएको छैन ।
रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाऊ छन् भन्ने छैन । परदेशको काम आफू अनुकूल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् ।
दोस्रो पिबिए महिला पुरुष बास्केटबल च्याम्पियनसिपको उपाधि पिबिएले चुमेको छ । धरान १३ नं वडा बाल सञ्जालको आयोजना तथा पोसिबल बास्केटबल एकेडेमी (पिबिए) को संयोजनमा आसञ्चालित दुई दिने प्रतियोगितामा पिबिएले महिला र पुरुष दुवै तर्फका उपाधि जितेका हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ ।
इलामको रोङ गाउँपालिका-६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको छ ।
प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।
आन्तरिक पर्यटनको विकास सहित व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनका लागि पोखराका पर्यटन व्यवसायीहरूको टोली नेपालगन्ज पुगेको छ । होटल सङ्घ पोखरा नेपालको अगुवाइमा जाऊँ है पोखरा अभियान सहितको पर्यटन व्यवसायीहरूको टोली नेपालगन्ज पुगेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले परिणाम देखिने गरी काम गर्न सक्नुपर्ने बताउनुभएको छ । आइतबार धनगढीमा आयोजित प्रदेश तथा स्थानीय सुशासन सहयोग कार्यक्रममा स्थानीय तहको स्वःमूल्याङ्न र वित्तीय जोखिम मूल्याङ्कन सम्बन्धी समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री साउँदले सो कुरा बताउनुभएको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ । । फार्ममा उन्नत जातका ५२ गाई रहेका छन् । दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।
गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् ।
१० वर्ष वर्षपछि सोमवार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिवार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन् । स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको हो ।
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा आइतबार विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिएको छ । स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिएको हो ।