मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।
रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ ।
हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताउनुभएको छ ।
जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ ।
क्षति पुगेको बीमा रकम नपाएपछि तनहुँका पीडित किसान आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गर्दै बीमा क्षतिको रकम उपलब्ध गराउने व्यवस्था मिलाइ दिन माग राखेका छन् ।
साथीहरू, हामी पढ्न सुरु गर्दा – क, ख तथा ए, बी, सी, डी भनेर सिक्न थाल्छौँ । सिक्दा ‘ए फर एप्पल भनेजस्तै हामीले टी फर टाइगर’ भनेर पढेको सायदै बिर्सन्छौ होला । हो त्यै टाइगर अर्थात् बाघका बारेमा आज जानौँ न त है । बाघको वैज्ञानिक नाम ‘प्यानथेरा टिग्रिस’ भनिन्छ । बाघ आफैँमा हिंस्रक जनावर हो । यो जङ्गलमा बस्छ । नेपालमा पाइने बाघ पाटे बाघ हो । यो टाटे पाङ्ग्रे रङमै हुन्छ । प्रकृतिक रूपमा बाघ लजालु स्वभावको हुन्छ । यसले सितिमिति मान्छेलाई आक्रमण गर्दैन । यदि मान्छेलाई आक्रमण गरेर खान थालेपछि यो नरभक्षी हुन्छ । नरभक्षी बाघले फेरि फेरि मान्छे नै सिकार गर्न खोज्छ । बाघ एकआपसमा जुधेर घाइते भयो भने, बूढो भएर
हिमालपारिको गाउँ लिमीबाट चौँरी गाई उच्च पाटनतर्फ लगिएका छन् । पाटनमा जमेको हिउँ पग्लिनु र त्यहाँ घाँस उम्रिन थालेपछि पालनकै लागि चौँरी गाई पाटनमा लगिएका हुन ।
पश्चिम नेपालका तीन वटा प्रदेशको प्रमुख केन्द्रबिन्दुका रूपमा रहेको छ, नेपालगन्ज उपमहानगरपालिका। लामो समयदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख केन्द्र रहेको यो नगर यस क्षेत्रको शिक्षा, स्वास्थ्य र उद्योग व्यवसायको केन्द्र पनि हो। गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरको प्रमुखमा विजयी भएका युवानेता प्रशान्त विष्ट यो उपमहानगरलाई पश्चिम नेपालमै उत्कृष्ट गन्तव्य बनाउन अहोरात्र खटिइरहनुभएको छ। यो नगरलाई पर्यटनको प्रमुख द्वार, आर्थिक राजधानी र
आमसञ्चार भनेको धेरै जनमानसमा पुग्ने- पु-याउने माध्यम हो । लेखेर, प्रसारण गरेर वा बोलेर जुनसुकै विधाबाट गर्न सकिन्छ । यसमा टेलिभिजन, रेडियो, विज्ञापन, चलचित्र, इन्टरनेट, समाचारपत्र, म्यागेजिन इत्यादि पर्दछन् ।
चीनको सीमानजिकको बस्ती टिङ्करमा व्यास गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरेको छ। छाङरु तथा टिङ्करवासीको पीडा सुन्न र त्यहाँका मुद्दा उठाउने उद्देश्यले कार्यपालिका बैठक टिङ्करमा राखिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो। स्थानीय घरेलु मदिरा व्यवस्थित तथा वैधानिकताका लागि सम्बन्धित निकायसँग पहल गर्ने, टिङ्कर नाका सञ्चालन, बोर्डर आउट पोस्ट (बिओपी) स्थापना, व्यासमा पर्यटन प्रवर्धनलगायतका विषयमा निर्णय गर्दै गाउँकार्यपालिकाको २० औँ बैठक आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष विनोद कुँवरले बताउनुभयो।
डिभिजन वन कार्यालय ताप्लेजुङले विभिन्न चार वटा विद्यालयलाई वन वातावरणसम्बन्धी पाठ्यसामग्री वितरण गरेको छ । विद्यालय तहबाटै वन तथा वातावरणसम्बन्धी सचेतना बिस्तारको उद्देश्य राखेर डिभिजन वन कार्यालयले पाठ्यसामग्री वितरण गरेको हो ।
निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान हुन सकेको छैन। वैशाखमै परीक्षण उडान गर्ने तयारीसाथ विमानस्थलको निर्माण सम्पन्न गरिएको थियो। नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक निर्माणका सम्पूर्ण कार्य सकिएको छ। यद्यपि विविध कारण देखाउँदै परीक्षण उडान पर धकेलिएको छ। उहाँका अनुसार नेपाल वायु सेवा निगमले अहिले जहाज नभएको भन्दै परीक्षण उडान