काठमाडौं विश्वविद्यालयका एसोसियट प्रोफेसर तथा सञ्चार विज्ञ डा. सुधांशु दाहालले दि राइजिङ नेपाल सरकारी अंग्रेजी दैनिक पत्रिका भएकाले यसको जिम्मेवारी र दायित्व अन्य मिडियाभन्दा अझ बढी रहेको बताउनुभएको छ ।
नेपालगन्जमा भएको प्रथम राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जिवन गिरीले बताउनुभयो ।
अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको याङ्वरक गाउँपालिका केन्द्र थर्पुमा निर्मित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको छ ।
दाङकी सरस्वती घर्तीमगरको कप्तानीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा भएको छ ।
सुदूरपश्चिमकै सबैभन्दा ठुलो उद्योगको रुपमा रहेको रुग्ण बासुलिङ्ग सुगर मिलको प्रतिनिधि सभा संसदीय उपसमितिले अनुगमन गरेको छ ।
नेकपा एमालेले फिदिममा आयोजना गरेको आमसभामा सहभागी भएर फर्किंदै गरेका प्रेम सङ्ग्रौलाको टिपरबाट खसेर मृत्यु भएको छ ।
घाइतेमध्ये दमौलीमा उपचार गरी थप उपचारका लागि ८ जनाको पोखरामा पठाइएको छ भने बाँकी १० जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र दमाली अस्पतालमा उपचार भईरहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राख्नुभएको छ । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव दिनुभयो ।
जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् ।
कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ ।
गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दी राइजिङ नेपाल आजबाट ५७ वर्ष पूरा गरेर ५८ औँ वर्षमा प्रवेश गरेको छ ।
प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताउनुभएको छ । सांसदसँग रासस संवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्छ भन्नुभयो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति, साहित्यलगायत सबै क्षेत्रमा निष्ठाको खडेरी देखिएको बताउनुभयो । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले आयोजना गरेको ‘सातौँ साधारण सभा उद्घाटन, पुरस्कार तथा सम्मान अर्पण एवं खसानी गोष्ठीपत्र विशेषाङ्क लोकार्पण समारोह’ मा उहाँले समाजमा योगदान गरेका व्यक्तिहरूको सम्मान हुनुपर्नेमा जोड दिनुभयो ।