अमरराज नहर्की
तनहुँ, पुस १ गते । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार बिहान ८:२५ बजे यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मुग्लिङबाट पोखरा जाँदै गरेको ग २ ख १४५९ नं. को बसले टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसको दाहिने टायर सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
घाइतेमध्ये दमौलीमा उपचार गरी थप उपचारका लागि ८ जनाको पोखरामा पठाइएको छ भने बाँकी १० जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र दमाली अस्पतालमा उपचार भइरहेको छ ।
प्रनाउ खाँडका अनुसार पोखरामा रिफर गरिएका घाइतेहरुमा तनहुँको भानु नगरपालिका-१ साझबोटे बस्नेहरु २६ वर्षीया बबिता थापा, ३० वर्षीय नवीन थापा, १२ वर्षकी दुर्गा थापा, वर्ष ७ की नवीना थापा हुनुहुन्छ । यसैगरी, व्यास नगरपालिका-२ डाँङ्ग्रे खोल्सी बस्ने वर्ष ४० की दीपा थापा, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ हिलेखर्क बस्ने वर्ष ५० की सुमित्रा राई, व्यास नगरपालिका-११ मूलपानी बस्नेहरु वर्ष ३६ की जुनु भट्टराई र वर्ष ८ की पूर्णिमा भट्टराई हुनुहुन्छ ।
दमौली अस्पतालमा उपचार हुनेहरुमा भानु नगरपालिका– १ साजबोटे बस्ने १० वर्षकी असिमा साही, भानुकै वडा नम्बर ३ को चाम्बास बस्ने वर्ष २१ की सविता सुनार, वर्ष १९ की सबिना सुनार हुनुहुन्छ, मोरङको कटेरी गाउँपालिका-२ बस्ने ३० वर्षीय प्रदीप गोदार हुनुहुन्छ ।
रत्नहरिमा उपचार हुनेहरुमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ हिलेखर्क बस्ने वर्ष ४० को सुरन राई, तनहुँको व्यास नगरपालिका-२ बस्ने वर्ष ३४ की पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका-१ बस्ने वर्ष ५२ की ज्ञानदेवी श्रेष्ठ, वर्ष २० की स्नेहा श्रेष्ठ, व्यास नगरपालिका-२ बस्ने २१ वर्षीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी बस्ने ४१ वर्षीय पूर्णबहादुर गुरुङ हुनुहुन्छ ।