कोहलपुर नगरपालिकाले कोहलपुर–नेपालगञ्ज सडक खण्डअन्तर्गत कोहलपुरको मुख्य बजार क्षेत्रको सडकलाई फराकिलो गर्ने कामलाई तीव्रता दिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगसरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो। नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई निवारण गरी कुष्ठरोग मुक्त नेपाल बनाउने लक्ष्य लिइएकामा सो लक्ष्यलाई साकार पार्न इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) ले लिएको रणनीतिक योजनाको पोखरामा शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा निर्माणाधीन बृहत् खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियामार्फत सुरु गरिएको खोक्लिङ खानेपानी योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
बुटवलमा निर्माण सकिएको पशु वधशाला सञ्चालनमा ढिलाइ भएपछि पुनः टेन्डर प्रव्रिmयामा जाने भएको छ। करिब दुई दशकदेखिको निर्माण योजना रहेको वधशाला निर्माण सकिएर पनि सञ्चालनमा आउन नसकेको हो। बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला प्रयोगविहीन अवस्थामा छ। समयमा सञ्चालनमा नआउँदा नगरपालिकाले पुनः टेन्डरमा लैजाने तयारी गरेको हो।
खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
चालु आर्थिक वर्षको वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड रुपियाँ रहेको थियो । नेपाल राष्ट्र बैङ्कले शुक्रबार प्रकाशित गरेको चालु आव २०७९/८० को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०८० वैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २५३ पुगेको छ ।
नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ ।
बिहान साढे ६ बजेको तापक्रम २९ डिग्री सेल्सियस। दिन छिप्पिँदै जाँदा ३१ र अधिकतम ४२ डिग्री सेल्सियससम्म। त्यसमाथि हप्हपी गर्मी र तातो हावाले थपेको उकुसमुकुस। जेठ दोस्रो सातादेखि बढन थालेको मध्य तराईको गर्मीले जनजीवन अस्तव्यस्त छ। अस्पतालका शय्याहरू गर्मीका बिरामीले भरिएका छन्। सडकमा आवागमन पातलिएको छ। चर्को घामबाट बच्न सर्वसाधारण छाता ओढेर अनुहार छोपेर हिँडेका देखिन्छन्। जिल्लाभरका विद्यालय साता दिनदेखि बन्द छन्। मकै, हरिया तरकारी जस्ता बाली र बिरुवा मर्न थालेका छन्। गर्मीको प्रकोपले यहाँको समग्र जनजीवन अस्तव्यस्त बनेको छ।
शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक कालोपत्रे भएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा करिब तीन किलोमिटर लामो सडक कालोपत्रे भएको हो। उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित चार करोड २४ लाख ८३ हजार २४५ रुपियाँबाट कालोपत्रे भएको हो। जसमा शिवसताक्षी नगरपालिकाको दुई करोड २४ लाख ८३ हजार २४५ रुपियाँ र सङ्घीय समपूरक कोषको दुई करोड रुपियाँ रहेको छ। सडक ढलरहित सात मिटर चौडाइ कालोपत्रे भएको छ। जसमा तीन वटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइपसमेत निर्माण भएको छ।
यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो ।
दुध उत्पादनमा वृद्धि तथा आत्मनिर्भरका लागि नस्ल सुधारका लागि सरकारले भारतबाट १५ वटा मुर्रा जातका राँगा ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा दुध दिने भैँसीको सङ्ख्या १६ लाख ३० हजार ६४२ रहेका छन् । नेपालमा लिमे, पारकोटे र गड्डीलगायत स्थानीय जातका भैँसी छन् । नेपालमा उन्नत जातका मुर्रा र निलिराभी भैँसी रहेका छन् तर ती मुर्रा जातका भैँसी क्रस भैँसीपालन गरिँदै आएको छ । पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा भैँसीपालन गर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ ।
समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । यही जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरिएको छ। गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँको आयोजना तथा व्यास नगरपालिकाको प्रायोजनमा उक्त सम्मेलन आयोजना गरिएको हो। लामो खडेरीले गर्मी बढेको र पृथ्वीराजमार्ग विस्तारको क्रममा रहेकाले सडक धुलाम्मे भए पनि कवि त्यसलाई छिचोल्दै दमौलीमा पुग्नुभएको थियो। करिब ३० जिल्लाका कवि दमौलीमा आएको आयोजक गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँका अध्यक्ष सागर उदासले जानकारी दिनुभयो।
सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरूका सङ्घसंस्थाले तयारी अगाडि बढाएका छन् ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीद्वारा लिखित पुस्तक ‘आधुनिक युगको लोकतन्त्र’ शनिबार लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले सो पुस्तकको लोकार्पण गर्दै असल र सक्षम व्यक्तिलाई पार्टी र सरकारको नेतृत्वमा लाग्न सके मात्र जनताले परिवर्तनको अनुभूति गर्ने बताउनुभयो।