समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । चालु आवको भदौयता चीनबाट उक्त नाका हुँदै आयातमा निरन्तर वृद्धि र सहज आपूर्ति हुन थालेपछि व्यापारी उत्साही हुन थालेका छन् । चार वर्षअघि तातोपानी नाका खुलाए पनि पूर्ण रूपमा सञ्चालनमा आएको थिएन तर चालु आवबाट आयातमा भारी वृद्धि हुन थालेपछि अहिले उक्त नाकामा चहलपहलमा पनि वृद्धि भएको छ ।
नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकी शनिबार नेपालमा मनाइएको छ । नेपाल र बेलायतबिच विसं १९८० मा मैत्री सन्धि भएको थियो । यो सन्धिले दुई देशबिच बराबरीको सार्वभौमिक अखण्डताको पुष्टि गर्दै थप साझेदारी र सहकार्यको बाटो खोलेको थियो । यसअघि दुई देशबिच कूटनीतिक सम्बन्ध रहे पनि साझेदारीयुक्त आदानप्रदानको सम्बन्धले औपचारिकता पाएको थिएन ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाहपञ्चमीले देशमा धार्मिक, सांस्कृतिक र सामाजिक एकता तथा भाइचारा कायम गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । उहाँले विवाहपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै सो कामना गर्नुभएको हो। हरेक वर्षको मङ्सिर शुक्ल पक्ष पञ्चमी तिथिमा विवाहपञ्चमी मनाइने गरिन्छ । चाडपर्वको नाममा पछिल्लो समय हुने गरेका आडम्बर, तडकभडक, देखासिखी, विकृति र विसङ्गतिलाई परित्याग गर्न आग्रह गर्दै उहाँले आआफ्नो आस्था र विश्वास अनुसार धर्म, संस्कृति, रीतिरिवाज र परम्परा मनाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ उपत्यकाका ढुङ्गेधारा अर्थात् हिटीको अवस्था दयनीय बन्दै गएको छ। एक अध्ययन अनुसार प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकाभित्र खानेपानीको स्रोतका रूपमा रहेका १५४ वटा ढुङ्गेधारा (हिटी) उचित संरक्षणको अभावमा दुरवस्थामा पुगेका हुन् । तीमध्ये ६१ वटा (४० प्रतिशत) ढुङ्गेधारामा मात्र हाल पानी आउने गरेको पाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले यही मङ्सिरमा अलान फाउन्डेसनबाट यो अध्ययन गराएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ उडान बन्द गरेको छ । नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान रोकिएको जानकारी दिनुभयो । प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई दिएको छ । त्यसै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सो संस्थाले नै निर्धारण गर्दै आएको थियो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले स्नातक तहको अध्यापन सुरु गर्न लागेको हो । हाल न्याम्समा स्नातकोत्तर तह (एमडी) को अध्यापन हुँदै आएको छ।
मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार र गरिबी भएको बताउनुभएको छ । जेसिस महाधिवेशनको कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।
पाल्पाको तिनाउ गाउँपालिका –५ कोलडाँडाका ४६ बर्षीय शेरबहादुर गाहाको दालचिनी रुखबाट लडेर मृत्यु भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको छ । सो पालिकामा गत चार महिनामा ५२ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र जगतजननी माता सिताविच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने सप्ताहव्यापी सिताराम विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लाससाथ मनाइँदै छ ।
बागमति प्रदेशको नाम नेवाः ताम्सालिङ हुनुपर्ने माग गर्दै तामाङ र नेवार समुदायले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।ताम्सालिङ संयुक्त संघर्ष समिति, नेपाल तामाङ घेदुङ र नेवा दय दवु थिथि खलः पुचःले काठमाडौंको भुगोलपार्क न्युरोडदेखि असनचोकसम्म प्रदर्शन गरेका हुन् ।
लेखक तथा साहित्यकार यज्ञराज उपाध्यायद्वारा लिखित ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ नामक कृतिको यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । सो कृतिको वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ आज लोकार्पण गर्नुभएको हो ।