मानव सभ्यताको विकासमा साहित्य र पत्रकारिताको निर्णायक भूमिका रहिआएको छ । संसारका सबै भेगका इतिहासमा पत्रकारिताभन्दा साहित्य जेठो रहेको पाइन्छ । मानव सभ्यताको विकाससँगसँगै विकसित भएर आएका धर्म, संस्कृति, दर्शन आदिले साहित्यकै माध्यमबाट जनमानसमा भिज्ने र फैलिने अवसर पाएका हुन् । शिक्षाको अवसर अत्यन्त सीमित वर्गलाई मात्र उपलब्ध रहेको त्यो युगमा साक्षरताको अवस्था पनि न्यून वा शून्यसरह हुनु स्वाभाविकै थियो । त्यस्तो अवस्थामा पनि लोकसाहित्यको माध्यमबाट जनमानसमा चेतनाको लहर फैलाउने काम साहित्यले नै गरेको थियो ।
पूर्वमा आन्दोलित पहिचानवाद र सरकारबिचमा चर्किरहेको राजनीतिक झगडाले कसैलाई सामान्य कसैलाई असामान्य जस्तो परिदृश्य देखिन्छ । सरकारको डाडुपन्यु लिने व्यक्तिले सामान्य समाजलाई एक स्टेप अगाडि बढेर दबाबमा नराखेको घट्ना संसारमा बिरलै होला । मानवशास्त्रीय सिद्धान्तले पहिचान भनेको मानव उद्विकासको उच्चतम सांस्कृतिक सभ्यता हो । यो आफैँमा पूर्ण शब्दावली हो, हरेक समाजको आफ्नो पहिचान सभ्यता हुन्छ ।
मौसम खुलेका बेला काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदै गरेका पर्यटकले खिच्ने फोटोको पहिलो ‘क्लिक’ उत्तरतिर लहरै देखिने हिमालको हुन्छ । भक्तपुरको नगरकोट डाँडामा पुग्ने बाह्य हुन् वा आन्तरिक पर्यटक तिनीहरूले हेर्ने दृश्य भनेकै हिमाल हो । चाहे हवाईजहाज चढेर आएका हुन् वा मोटर चढेर नेपाल भित्रेका सबै पर्यटकले नेपाल आएर हेर्न चाहने पहिलो दृश्य हुन्छ हिमाल । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नेपाली भू–भागको सबैभन्दा उत्तरमा अविछिन्न रहेको हिमाल नेपालको धेरथो
सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले जित्नुभएको छ ।
काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकका घर सुनसान बन्दै गएका छन् ।
विराटनगरमा मदनप्रसाद अर्याललिखित एउटा पुस्तक पाइयो । शीर्षक : ‘ऐतिहासिक विमान अपहरण २८ जेठ २०३० (१० जुन १९७३) । पुस्तकमा आइएसबिएन नम्बर छ । मनमा इतिहास जाग्यो, केन्द्रबिन्दुमा निःसृत घटना मौलाए । पुस्तकमा छ, विराटनगर–काठमाडौँ शानेवानि विमान अपहरण सूत्रपात ! सुराकी को थियो र उसबिना सम्भव थियो थिएन, प्रश्न अहिले गौण भइसके । सेरोफेरोमा यिनै तथ्य खोतलिन्छन् । त्यो बिहानी म र मेरा दौँतरी यिनका माइला दाजु आनन्दलाई भेट्न पुगेका थियौँ । यी पनि टुप्लुक्क आइपुगे, यिनको बोलाउने नाम चुनु । यिनका ठुल्दाजु विनोद । विनोदको अर्कै कथा छ । यी सात सालका बमकाण्डमा
एउटा काग मुखमा मासुको टुक्रो च्यापेर माथि माथि आकाशमा उडिरहेको थियो । एक हुल काग उसको पछि लाग्दै उसलाई खेदिरहेका थिए । काग अरू तीव्र गतिमा उडिरहेको थियो । ऊ धेरै आत्तिइरहेको थियो । परबाट एउटा बाजले उसलाई देखिरहेको थियो । ऊ उडेर कागको नजिक आयो र सोध्यो – किन यसरी आत्तिँदै उडिरहेको ? कागले भन्यो – देखेनौ मेरो प
साहित्य आफैँ पनि मानिसका विचार, भावना र आवेग–संवेगहरूलाई प्रभावकारी ढङ्गमा व्यक्त गर्ने एक माध्यम भएकाले यसलाई आमसञ्चारमाध्यममध्येकै एक मान्न खोजियो भने खासै अन्यथा भइहाल्दैन ।
वैकल्पिक स्याहारको अन्तिम विकल्पका रूपमा बालगृहलाई लिने गरिन्छ। तर, राम्रो शिक्षा पाउने आसमा अभिभावक भएका बालबालिकासमेत बालगृहमा जाने क्रम कर्णालीमा बढ्दो देखिन्छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफलमा सहभागी सरोकारवालाले बालबालिकालाई बालगृह जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्। स्थानीय सरकारले नै अभिभावक भएका बालबालिकालाई सिफारिस गर्ने, सम्बन्धित संस्थासँग समन्वय गरेर बालगृहमा पठाउने गरेको उनीहरूको भनाइ छ।
थारू समुदायको जनसङ्ख्या बढी भएका बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। स्वास्थ्य कार्यालय बाँकेले सिकलसेलका बिरामीको खोजी गरेर कार्ड वितरणसँंगै रोगबारे परामर्श दिने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा रगत जाँच र रिपोर्ट सार्वजनिक गर्ने अभियान सञ्चालन गरिरहेको छ।
थारू समुदायको ऐतिहासिक र पुरानो धार्मिक परम्पराका रूपमा रहेको झारफुक गर्ने तथा धामीझाँक्री गर्ने संस्कृति संरक्षण गर्ने उद्देश्यले रुपन्देहीमा गुरौ (लामा) सम्मेलन सम्पन्न भएको छ। थारू समुदायमा झारफुक गर्ने तथा धामीझाँक्री गर्ने गुरुलाई गुरौ भनिन्छ। समय परिवर्तन हुँदै गर्दा गुरौ प्रथा पनि हराउँदै गएको भन्दै संरक्षण गर्न सम्मेलन गरिएको हो। थारू कल्याणकारी सभा
मुस्ताङको जिल्लाको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चढाइएको भेटी भारतीय रुपियाँ नै धेरै भेटिएको छ। पछिल्लो पाँच महिनाको अवधिमा भक्तजनले दानपेटीकामा चढाएको भेटीमध्ये १० लाख ४५ हजार रुपियाँ पाइएको छ। मुक्तिनाथ विकास समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी अनुप केसीले मुक्तिनाथ मन्दिर परिसरमा रहेको दानपेटीकामा जम्मा भएको रकम गणना गर्ने क्रममा भारतीय मुद्रा पाइएको बताउनुभयो। मन्दिर परिसरमा रहेका पाँच वटा दानपेटीकामा कुल २७ लाख ८५ हजार नेपाली रुपियाँ भेटी सङ्कलन भएको हो। मुक्तिनाथ मन्दिरका सदस्यसचिव सरस्वती थापाले दानपेटीका खोलेर गणना गर्दा मन्दिरमा ११ लाख १२
कोशी राजमार्ग अन्तर्गत धनकुटाको हिले–कुवापानी सडक भत्किएको तीन वर्षभन्दा बढी भयो। सडक बनाउन ठेक्का लागेको नै दुई वर्ष भयो तर अझै सडक बन्न सकेको छैन। सो सडकखण्ड अन्तर्गतको ५४५ मिटर ६४ लाख ९६ हजार रुपियाँमा २०७७ सालको चैत महिनामा ठेक्का लागेको थियो। समयमै सडक निर्माण नभएपछि २०७८ पुस महिनामा पुनः म्याद थप गरिएको सडक कार्यालय धनकुटाले जनाएको छ। थपिएको म्याद अनुसार पनि सडक गत पुस महिनामै सक्नुपर्ने थियो। अहिलेसम्म ३५ प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर सुशान्त
लहानस्थित प्रादेशिक अस्पतालको प्रवेशद्वारमा फेला परेकी बेवारिसे नवजात शिशु बालिकाको अस्पतालका नर्स विमला थापा र निर्मला साहले हेरचाह गर्दै आइरहनुभएको छ।
पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरेको कर र भ्याट हटाउन सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बन्धित १५ वटा संस्थाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पाँच तारे होटलमा लगाएको विलासिता कर, विदेश घुम्न जाने नेपालीलाई लगाएको वैदेशिक पर्यटन शुल्क र हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेका हुन् ।