काठमाडौँ, मङ्सिर ३० गते । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा वीरगन्ज युनाइटेडलाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले वीरगन्जलाई २–१ गोलले हरायो ।
पोखरालाई जिताउन जो आइडुले छैटौँ र मोसेस ग्याबाले ४४औँ मिनेटमा गोल गर्नुभयो । वीरगन्जका लागि आइकिन्स बफोरले ११औँ मिनेटमा गोल फर्काउनुभएको थियो ।
जितसँगै ६ खेलबाट ११ अङ्क बनाएको पोखरा दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अङ्क बनाएको वीरगन्ज पाँच अङ्कसहित आठौँ स्थानमा छ ।