धनुषाको मिथिला नगरपालिका –२ नट्टाझिजमा गर्मीको प्रवाह नगरी गोरु र हलोको सहारामा शुक्रबार उखुबारी गोडमेल गर्दै किसान । तस्बिर: चन्दन ठाकुर/रासस
आर्थिक वर्षको अन्तिममा अन्य पालिकामा धमाधम निर्माणका काम भइरहे पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा भने दुई महिनादेखिको तालाबन्दी अझै खुल्न सकेको छैन ।
काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई हुम्लाको रैथाने बालीबारे प्रशिक्षण दिइएको छ।
हाडजोर्नी दुख्ने हड्डी सम्बन्धी बिरामीका लागि पहिलो पटक सञ्चालन भएको अकुपन्चर विधिबाट उपचार गराउन बिरामीको आकर्षण बढेको छ । बिहीबारबाट सुरु भएको एकीकृत स्वास्थ्य शिविरमा बिरामीको अकुपन्चर सेवा सुरु भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समिति बैठकले महामन्त्री धवलशमशेर राणा नेतृत्वको कार्ययोजना परिमार्जनसहित पारित गरेको छ।
कोशी राजमार्ग अन्तर्गत धनकुटाको हिले कुवापानी सडक भत्किएको करिब तीन वर्षभन्दा बढी भयो । सडक बनाउन ठेक्का लागेको नै २५ महिना पुग्यो । तर सडक बन्न सकेको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका आरोपित अदालतबाट उम्किन नसक्ने विश्वास व्यक्त गर्नुभएको छ।
कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारासहित कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।
झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक कालोपत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो ।
बर्दियामा अत्यधिक गर्मी बढेसँगै यहाँका विभिन्न पालिकाहरूले वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गरेका छन् ।
यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
बाह्र वर्षपछि बगेको खोलो फर्कन्छ भनेजस्तै संस्कृत विश्वविद्यालयमा बाह्रै वर्षपछि दीक्षान्त समारोह हुन थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिँधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ ।