हिजोआज सडक नपुगेको गाउँ र बस्ती बिरलै भेटिएला । मापदण्ड विना बर्सेनि खनिएका कच्ची सडकहरूले गाउँ गाउँ छियाछिया बनाएको छ । सडक निर्माणलाई नियमनकारी निकायले चासो नदेखाउँदा र स्थानीय निकायले समेत जथाभाबी बजेट विनियोजन गरी सडक निर्माण गर्न एक्स्काभेटर चालकलाई जिम्मा दिँदा भूक्षय हुने क्रम बढ्दो छ ।
नेपालमा फिज्यान्ट (कालिज)का डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस, कालिज, लुइँचे र मयुर गरी आठ प्रजाति पाइन्छन् । लुइँचे र मयुर तराई, कालिजमध्ये क्षेत्र र बाँकी प्रजाति उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छन् । फिज्यान्ट ठुलो शरीरको हुन्छ । भाले रङ्गीबिरङ्गी सुन्दर देखिन्छ । यसको मुख्य बास स्थान जमिन हो । बि
हामी आँसु बहाइरहेछौँ जो भूकम्पले पुरिएर गए जो पहिरोले लछारिएर गए हामीले विषादमा नरोएको भए अनुभूतको आकाशबाट आँसु नबहेको भए
तिम्रो मुटु मेरो मुटु साथसाथ रह्यो सयौँ जुनी बाँच्ने कुरा आसआस रह्यो उकाली ओराली धेरै यात्रा सँगैसँगै गर्याेँ नछुट्टिने सयौँ वाचाहरू खातखात रह्यो
नेपालमा कुनैबेला यस्तो समय पनि थियो, जतिबेला नन्दबहादुर पुनको मृत टाउको लिएर आउनेलाई तत्कालीन सरकारले ३५ लाख रुपियाँ पुरस्कार दिने औपचारिक घोषणा गरेको थियो । टेलिभिजन, रेडियो, पत्रपत्रिका र सार्वजनिक ठाउँमा उहाँको टाउकोको मूल्य किटान गरिएको थियो । त्यसको डेढ दशक नबित्दै नेपालको दोस्रो सर्वोच्च मर्यादा क्रममा रहने उपराष्ट्रपति पदमा उहाँ बहाल हुनुभयो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति पुनद्वारा लिखित ‘यात्रा जिन्दगी : जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ यही उथलपुथलकारी यात्राको सजीव र सनसनीपूर्ण साबिती बयान हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारको सडक किनारामा बिक्रीका लागि राखिएको तरुल ।
वेल्स राज्यमा पर्ने स्कन्द भेल लन्डनबाट करिब पाँच घण्टाको यात्रामा सकिन्छ । श्रीलङ्काका तमिल समुदायको बाहुल्यता देखिने यस मन्दिरमा दक्षिण भारतीय र पछिल्लो समय नेपालीको पनि उल्लेख्य उपस्थिति हुन थालेको छ । एकै स्थानमा धेरै देवीदेवताको पूजा गरिने भएकाले यसलाई ‘परमेश्वरहरूको समुदाय’ का रूपमा विकसित गर्दै लगिएको छ । त्यति मात्र हैन, आत्मा भएका सबै प्राणी पवित्र हुन्छन् भन्ने दर्शनको आधारमा यहाँ विभिन्न जनावर तथा पन्छीको समेत पालन गरिएको छ । बेलायतमा बस्ने श्रीलङ्काली समुदायको यो महान् कामलाई प्रोत्साहनस्वरूप त्यहाँका तत्कालीन राष्ट्रपति जयबद्र्धनाले उपहार पठाउनुभएको हात्ती ‘भल्ली’ अहिले पनि विशेष महìवका साथ पुजिने गर्दछ । यस स्थलको स्थापना गर्ने गुरु श्रीसुब्रमण्यम
विश्व समुदायमा नेपालको परिचय के हो र ? नेपाल जस्ता विकासोन्मुख र साना देशहरूको परिचय विश्व समुदायमा सधैँ एकनासको हुन नसक्दो रहेछ । नेपालको स्थायी परिचय भूपरिवेष्टित तथा हिमाली मुलुक हो । प्राकृतिक/जैविक सम्पदाहरू नदी र वनजङ्गलका साथै विश्वको सर्वाेच्च शिखर सगरमाथा, सांस्कृतिक विविधता र बुद्धको जन्मस्थल पनि नेपालका स्थायी परिचय हुन् ।
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो । आयोजना प्रमुख रवि चौधरीका
पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको सङ्ख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चि
जलवायु परिवर्तनले विश्वव्यापी असर पारिरहेको छ । यो विषय ठुलो चुनौतीका रूपमा आएको छ । साना राष्ट्र मात्र होइन ठुला राष्ट्रका लागि पनि टाउको दुखाइको विषय बनेको छ । यस पटक शक्ति राष्ट्रहरूको सम्मेलन जी–२० मा समेत यो विषयले प्रवेश पाएको थियो । यस विषयमा फिल्म पनि बन्ने गरेका छन् ।
बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकास्थित खप्तड पर्यटकीय सडकको निर्माण तीन वर्षदेखि रोकिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशको बझाङतर्फको यो मार्ग प्रमुख सडकसमेत हो ।
क्यानडाको दक्षिण पश्चिम कुनामा प्रशान्त महासागरको ठुलो भँगालो ठोकिने पानीको किनारामा अवस्थित भिक्टोरिया सहरमा एक रात दुई दिन बिताउने गरी निर्मला र म अनि छोरी मृदुसँग संयुक्त राज्य अमेरिकाको पश्चिम उत्तर कुनाको प्रशान्त महासागरकै पानीको किनारामा अवस्थित सियाटल सहरबाट सानो जहाज (फेरि) चढेर २०२३ जुलाई ३१ मा बिहानै हिँड्यौँ ।
नेपालमा अधिकांश साना तथा मझौला उद्योग व्यक्ति वा परिवारले एकल ढङ्गले सञ्चालन गर्दै आइरहेका छन् । यहाँका साना तथा मझौला उद्योग विभिन्न कालखण्डमा अप्ठ्यारो अवस्थाबाट गुज्रँदै आएका छन् । दस वर्षे लामो सशस्त्र सङ्घर्ष, राजनीतिक उथलपुथल र यसले उब्जाएका चुनौती, भूकम्पले उत्पादन तथा व्यापारमा पारेका प्रभाव, नेपाल–भारत बोर्डरमा हुने ब्लकेड साथसाथै कोभिड–१९ को कारणले पारेको प्रभावले गर्दा नेपालका साना तथा मझौला उद्योग अप्ठ्यारो अवस्थाबाट गुज्रँदै आएका छन् । उनीहरूले घाटा बेहोर्नुपर्ने एवं दिइएको ऋण निर्धारित समयमा तिर्न नसक्ने अवस्था उन्पन्न भएको छ । नेपाल सरकारले विभिन्न समयमा सहुलियत कर्जा पनि दिँदै आएको छ
आफ्ना र छिमेकीको बगैँचामा फलेको सुन्तला कोल्ड स्टोरमा राखी बेसिजनमा विक्री गरी मनग्य आम्दानी गर्ने पुतली बजार नगरपालिका ७ ठुलाडीहीका डिलबहादुर रानाको सोचेँ थियो ।