नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
दुई मोटरसाइकल एकापसमा ठोक्किदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौँ योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव संकलन गरिसकेको छ ।
स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण ९रेफर० भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ । शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले विकासलाई कमजोर बनाउँदै सरकार प्रतिको विश्वसनीयता घटाउने बताउनुभएको छ।
कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भन्नुभयो, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसदमा शिक्षामन्त्री बन्नुभएका शङ्कर थापाले दिनुभयो ।
पछिल्लो समय सुन्तला उत्पादन निरन्तर ओरालो लागेको धनकुटामा यस वर्ष भने उत्पादन केही बढ्ने देखिएको छ ।
बसाइँसराइँले तनहुँका गाउँ रित्तिन थालेका छन् । रोजगारीका लागि जिल्लाबाट दैनिक एक सय युवा विदेश जाने गरेका छन् ।
श्री सार्दुल जङ्ग गुल्म र काठमाडौँ महानगरपालिका हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रमको सहकार्यमा शुक्रबार हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजनाअनुरुप गुल्मपति सेनानी पूर्ण प्रजापतिको उपस्थितिमा सो सौन्दर्यीकरण अभियानको प्रारम्भ भएको हो ।
सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी भएको छ ।
तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका-१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पताल भवन पाँचथर सदरमुकाम फिदिममा निर्मित ५० शैय्या क्षमताको जिल्ला अस्पताल भवन उद्घाटन गर्नुभएको छ ।
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन ।