६५ वर्षदेखि नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छ।
राजमती इङ्नाम (लिम्बू) स्थानीय तहको अध्यक्ष/प्रमुखमा निर्वाचित मोरङकी एक मात्र महिला हुनुहुन्छ। २०७४ को स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित उहाँ २०७९ मा अध्यक्ष बन्नुभयो। ५४ वर्षीय इङ्नाम लामो समयदेखि नेकपा (एमाले) मा आबद्ध रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ। प्रस्तुत छ, गाउँपालिकाको विकास गतिविधि, सम्भावना, चुनौतीलगायतका विषयमा अध्यक्ष इङ्नामसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०८०-८१ बजेट ल्याउने तयारीमा जुटेको छ । प्रदेश सभाको दोस्रो कार्यकालमा बनेको वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो बजेट ल्याउन लागेको हो । आगामी असार १ गते बजेट प्रस्तुत हुनेछ । नेकपा (एकीकृत समाजवादी) बाट बाजुरा ‘क‘ बाट निर्वाचित ४१ वर्षीय आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुरुदेखि नै जनताको माग अनुसारको बजेट ल्याउनु पर्ने धारणा राख्दै आउनु भएको छ । त्यसैले जनअपेक्षा अनुसार कै बजेट सुदूरपश्चिम सरकारले ल्याउँछ भन्ने अपेक्षा गरिएको छ । प्रस्तुत छ, आगामी बजेटका विषयमा आधारित भएर मन्त्री साहीसँग गोरखापत्रका प्रकाशविक्रम शाह र अविनाश चौधरीले गरेको कुराकानी:
अरुणसहित सप्तकोशीमा अन्य नदी तमोर र दुधकोशी मिसिने स्थान त्रिवेणीमा नदीको बिचमा एउटा ढुङ्गा छ। जसलाई स्थानीय बासिन्दासहित किराँती समुदायले खुवालुङ भनेर चिन्ने गरेका छन्। २०७७ सालमा यो एकाएक चर्चामा आयो। चर्चामा आउने कारण थियो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ८ गते विराटनगरमा भएको एक कार्यव्रmममा सो ढुङ्गा फुटाएर जेटबोट चलाउने भनेर सार्वजनिक मञ्चबाटै दिनुभएको भाषण। त्यसपछि एकाएक महोल तात्यो। स्थानीयस्तरमा मात्र नभई देश विदेशसम्म यसबारे बहस हुन थाल्यो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह नागरिकमैत्री र प्रविधिमैत्री हुँदै गएकाले अबदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरिएको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायबाट प्रवाह हुने सेवालाई सकेसम्म सेवाग्राहीमैत्री र प्रविधिमैत्री बनाउनका लागि यस प्रकारको निर्णय गरिएको जानकारी दिनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्वाधार विकासमा स्रोत बढाउन विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ । बैङ्कको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा उहाँले पूर्वाधार विकास र सामाजिक विकासका सूचकबिच घनिष्ठ सम्बन्ध रहेकाले यसका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ यस वर्ष २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं प्रविधिको प्रचारप्रसार गर्ने गरी धूमधामका साथ दिवस मनाउने तयारी भइरहेको बताउनुभयो । जलवायु परिवर्तनप्रति कृषक र अन्य सम्बद्ध पक्षलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश यस वर्षको नाराले दिएको उहाँले बताउनुभयो ।
केही दिनयता गर्मी बढेको छ। गर्मी बढेसँगै विद्यालय बन्द हुन थालेका छन्। गर्मी बढेसँगै चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेमा रहेको लामो झरनामा भिड बढेको छ। मुग्लिन–नारायणगढ सडकखण्डबाट नजिकै रहेकाले आफ्नै सवारीसाधनमा यात्रा गरिरहेका अधिकांश यात्रु यहाँ पुग्ने गरेका छन्। गाउँपालिकाकी पूर्वप्रमुख गीता गुरुङले आफ्नो कार्यकालमा उक्त पर्यटकीय क्षेत्रमा पुग्न पक्की सडक निर्माण गरिएको बताउनुभयो। गाउँपालिकाले उक्त क्षेत्रलाई आफ्नो पर्यटकीय गन्तव्यको पहिलो सूचीमा राखेर प्रवेश शुल्कबापत प्रतिव्यक्ति ५० रुपियाँ लिँदै आएको छ।
हेटौँडाबाट कुलेखानी, मार्खु, चित्लाङ हुँदै काठमाडौँ जोड्ने सडकको चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्ड बन्द हुने भएको छ। गणेशमान सिंह मार्ग नामकरण भएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक अन्तर्गत याकाखुसीदेखि ठुलोचौर सडकखण्ड कालोपत्रे गर्ने क्रममा बिहीबारदेखि एक साताका लागि बन्द हुने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्ने दुई विधेयक स्वीकृतिका लागि मन्त्रीपरिषद्मा लैजाने गरी तयार भएका छन्। प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक संस्थाका रूपमा बेग्लाबेग्लै निकाय बनाउने गरी तयार पारिएका विधेयकको मस्यौदामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयले अध्ययन गरेर राय, सुझावसहित स्वीकृति दिएपछि मन्त्रीपरिषद्मा लैजाने बाटो खुलेको हो।
मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आउँदो चार दिनसम्म तातो हावा तथा लुको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताउनुभएको छ ।
माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार हेटौँडा अस्पतालको निरीक्षण गर्नुभएको छ ।
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि दक्षिण अफ्रिकाका रहेको नेपाली टोली स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजित भएको छ ।