• १३ असोज २०८१, आइतबार

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

blog

एकापसमा ठोक्किएर दुर्घटनामा परेका मोटरसाइकल । तस्विर : शिवशंकर मिश्र

शिवशङ्कर मिश्र

बारा, मङ्सिर २९ गते । दुई मोटरसाइकल एकापसमा ठोक्किदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ । 

निजगढ नगरपालिका –३ सिंगौलबाट निजगढतर्फ आउँदैगरेका प्र ३ ००१ प १०९१ नम्बरको मोटरसाइकल र वडा नम्बर –१० लालबाट रौतहटको चन्द्रपुर आउँदैगरेका ना ४९ प १३८८ नम्बरको मोटरसाइकल सोही ठाउँ वडा –९ लालका पुलमा शुक्रबार १ः४५ बजे मोटरसाइकल ठोक्किएको थियो ।

दुबै मोटरसाइकल तिब्र गतिमा रहेका कारण ना ४९ प १३८८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ वडा –१० लाल बस्ने २० वर्षे देछिङ घिसिङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।

सोही घटनामा विपरित दिशाबाट आएको प्र ३ ००१ प १०९१ नम्बरको मोटरसाइकल चालक निजगढ न.पा. –३ सिंगौल बस्ने ३२ वर्षे सुनिल लामाको टाउकोमा चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेकाले उपचारका लागि बिरगञ्ज पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिनुभयो ।

सो घटनामा दुबै मोटरसाइकल चालक गम्भीर घाइते भएको तथा उहाँहरुलाई तत्काल सामुदायिक प्रसुति गृह अस्पताल निजगढमा उपचार गर्न ल्याउँदा घिसिङको बाटोमै मृत्यु भएको थियो । 

अर्का एक जना लामाको टाउकोमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको छ । उहाँको थप उपचारका लागि बिरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।

चालु–आर्थिक बर्ष २०८०–८१ को साउनदेखि हालसम्म बिभिन्न ४४१ वटा सवारी साधन दुर्घटना हुँदा ३० जनाको मृत्यु भइसकेको छ । गत–आर्थिक बर्ष २०७९–८० मा एक हजार ३७३ वटा सवारीसाधन दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।