गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन ।
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा पुल निर्माणका लागि ठेक्का लागेको सात वर्ष भयो । ठेक्का सम्झौता अनुसार पुल निर्माण भएको भए यति बेला पक्की पुलबाट सवारीसाधन वारपार गर्ने थिए तर हालसम्म धाप्लाङघाटमा नदीको दुई किनारमा पिल्लर ठड्याइएको छ र चार वटा वेल फाउन्डेसन उठाउनुपर्नेमा एउटा मात्र फाउन्डेसन उठाइएको छ ।
अछाम, डोटी, बाजुरा र बझाङको सङ्गमस्थल खप्तड पहिले निगालोले प्रसिद्ध थियो । यहाँ २२ पाटन, २५ मैदान र ५३ थुम्का त थिए, प्राकृतिक र जैविक दृष्टिले मनमोहक त थियो नै तर त्यसको चास्नी चाट्न जानेका थिएनन् नेपालीले । विसं १९८६ मा नेपाल आउनुभएका परम्हंस योगी सच्चिदानन्द सरस्वतीले खप्तडमा ५० वर्ष बसेर साधना गर्नुभयो । उहाँको ज्ञान, समाजसेवा, परोपकार, सत्कार्यले उहाँलाई खप्तडबाबा भनेर सर्वसाधारणमा प्रसिद्ध मात्र बनाइएन, खप्तडको महत्व पनि सार्वजनिकी भयो । विसं २०४२ मा खप्तड राष्ट्रिय निकुञ्ज स्थापना गरिएपछि त्यहाँको पर्यावरणीय संरक्षणको कार्य त भएको छ तर प्रकृतिले सुदूरपश्चिम नेपाललाई दिएको यो ‘गाडधन’को सदुपयोग हुन सकेको छैन । त्यस क्षेत्रको जीवनस्तर उकास्न मात्र होइन, समग्र देशकै पर्यटन प्रवर्धन हुन सकेको छैन । अब भने खप्तडको विकासतर्फ राज्यका पाइला चल्न थालेका छन् ।
यतिखेर संसद्मा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा चर्काचर्की बहस भएको छ । प्रधानमन्त्रीले त्यसको जवाफ पनि दिइसक्नु भएको छ । मुख्यतः यो भ्रमणमा केही सकारात्मक काम भएका छन् । दुवै देश बिचको कूटनीतिक सम्बन्धमा हिजो पैदा भएको दरारलाई पनि केही हलसम्म सुल्झाउने काम भएको छ । सीमा समस्या समाधान गर्नु पर्छ, यत्तिकै यो समस्या अलपत्र छोड्नु दुवै देशका लागि घातक छ भन्ने बोध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भएको छ । जुन विषय मोदीको मन्तव्यमा स्पष्ट झल्किन्छ ।
कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विकास बहुआयामिक र व्यापक अवधारणा हो । बेलायती लेखक ह्युगो स्लिम (१९६१) ले डिभलोपमेन्ट इन प्राक्टिस (१९९५) मा विकासलाई परिवर्तनको प्रक्रिया हो, जुन सधैँ जारी रहन्छ भनेका छन् । ब्लाक ल डिस्नेरीले विकासलाई मानव निर्मित परिर्वतन र सुधार जसमा भौतिक संरचना, भवन, खानी, खनिजको उत्खनन जस्ता कुरा उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले जेठ १५ गते १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट संसद्मा पेस गरेको छ । बजेटले अर्थतन्त्र गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूति गर्ने, लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, सङ्घीयताको सबलीकरण र सुशासन कायम गर्ने, बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने जस्ता उद्देश्य लिएको छ ।
उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहाँले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् ।
मुलुकभर रहेका १० औद्योगिक क्षेत्रभित्र कायम रहेका ६८५ उद्योगमध्ये ६१८ उद्योग सञ्चालनमा छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ती उद्योगमा ४० निर्माणाधीन र २७ बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा रहेका उद्योगबाट २० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । ग्रामीण क्षेत्रमा उद्यम सिर्जनामा टेवा पु-याउन औद्योगिक ग्रामलाई रूपान्तरणकारी आयोजनाका रूपमा मुख्य १० स्थानमा औद्योगिक क्षेत्र घोषणा गरिएको छ तर ती औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैन । सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकामा २०७९ फागुनसम्म ११३ ग्राम घोषणा भएका छन् ।
बाँकेलगायत पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगन्ज सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् । लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई यहाँस्थित सीमानाकाको रुपैडिहा र नेपालगन्जमा संयुक्त रूपमा सञ्चालनमा आएको सुक्खा बन्दरगाहले आर्थिक विकासमा ठुलो सहयोग पुग्ने उद्योगी व्यवसायीको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी अब्दुल वाहिद मन्सुरीले सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपालका उद्योगी व्यवसायीको वर्षौंदेखिको सपना पूरा भएको बताउनुभयो ।
रामेछापको मन्थली नगरपालिका–१२, गेलुका बासिन्दालाई खानेपानीको पिरलो छ। यहाँका बासिन्दा एक गाग्री पानीका लागि रातको निद्रा माया मारेर घण्टौँ पालो कुर्न बाध्य छन्। खानेपानीकै लागि बेलामा पकाएर खान नपाउने र विद्यार्थी समयमा विद्यालय पुग्न नसक्ने स्थिति छ।
जङ्गली जनावरले सताएको माडीका बासिन्दाको आर्थिक अवस्था होमस्टेले फेरेको छ। लगाएको बाली चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएका जनावरले खाइदिने र बचेको बाली बाढीले बगाइदिने जस्ता समस्या वर्षौँदेखि भोग्दै आएका माडीवासी होमस्टे सञ्चालन हुन थालेपछि खुसी छन्। माडीवासीका होमस्टेमा पर्यटक आउन थालेका छन् भने निकुञ्जबाट आउने जनावर रोक्न तारबार र छेकबार लगाइएको छ, बाढी नियन्त्रणका लागि तटबन्धका काम भएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भएपश्चात् हरेक वर्ष जुन ७ मा ‘विश्व खाद्य स्वच्छता दिवस’ मनाउँदै आएको छ । नेपालमा पनि विगत १५ वर्षदेखि कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो दिवस मनाउँदै आएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आन्तरिक सुशासन अभावका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन समग्र सहकारीका सरोकारवालालाई आग्रह गर्नुभएको छ । सहकारीमा देखिएको आन्तरिक सुशासन अभावलाई हटाउन सहकारीमा लागेका अभियन्ता स्वयम् तयार हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “बाहिरबाट समस्या समाधान गर्न खोजियो भने निष्कर्षमा पुगिँदैन । समस्या समाधानका लागि भित्रैबाट पहल सुरु गरौँ ।” केही सहकारीमा आएको अनुशासनहीनताले आमसहकारीलाई शङ्काको दृष्टिकोणले हेरिएको भन्दै उहाँले थोरै सहकारी संस्थाले गरेको बदमासीका कारण सदस्यले सबै सहकारीमाथि अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको बताउनुभयो । गलत काम गर्ने सहकारीलाई सङ्घ, महासङ्घले संरक्षण दिने भन्दा पनि कारबाहीका लागि प्रव्रिmया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गनुभयो ।
चालु आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनमा उक्त प्रक्षेपण गरिएको हो । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्ने छ । दक्षिण एसियाली मुलुकमध्ये चालु आवमा सबैभन्दा धेरै भारतले ७.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ । त्यसपछि माल्दिभ्सले ६.६ प्रतिशत, बङ्गलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण छ ।