• ४ जेठ २०८१, शुक्रबार

बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा परिवर्तन गर्न आवश्यक : अर्थमन्त्री

blog

अर्थमन्त्री डा.प्रकाशशरण महत । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २९ गते । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिर्वतन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार ललतिपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो ।

उहाँले बीमा क्षेत्रमा भएका विकृति र विसंगतिहरु नियन्त्रण गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्राधिकरणले बीमा कम्पनी वा कसैको प्रभावमा नपरी निष्पक्ष ढङ्गले काम गरे मात्रै बीमा क्षेत्रमा सुधार हुने अपेक्षा रहेको उल्लेख गर्नुभयो ।


मन्त्री महतले प्राधिकरणले वास्तविकतामा नियमनको काम गरे मात्रै बीमा क्षेत्रको गुणस्तरमा वृद्धि हुने दाबी गर्नुभयो । उहाँले बीमा कम्पनीहरुले बीमा लिने बेलामा आकर्षण विज्ञापन गर्ने तर दिने बेलामा झन्झटीलो प्रक्रिया गराउने काममा प्राधिकरणले सहज बनाउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले बीमा कम्पनीहरुले आकर्षित विज्ञापन गरी बीमा गराएर स्रोत जम्मा गर्ने र दिनेबेलामा अनेकौं मझौला गराउँदा बीमा गराउनेहरु कम हुँदै गएको बताउनु भयो ।

‘‘बीमा क्षेत्रको नियमक निकाय बीमा प्राधिकरणले गर्ने कामको तौर तरिकामा आमुल परिवर्तन गर्नुपर्छ । कामको गुणस्तरमा वृद्धि गर्नुप¥यो । बीमा कम्पनीहरुले लिने बेलामा आकर्षित विज्ञापन तारा खसाल्ने गरी गरेको देखिन्छ ।,’’ मन्त्री महतले भन्नुभयो, ‘‘बीमा लिनुहुन्छ र स्रोत जम्मा गर्नुहुन्छ । बिमकलाई दिनुप¥यो भने अनेकौं झमेला गर्नुपर्छ । त्यही नियमक निकायको काम प्रभावकारी बनाउनु पर्छ । त्यो भयो भने राम्रो हुन्छ । नियमन निकाय स्वतन्त्र भूमिकामा रहेर कुनै प्रभावमा नपरि वास्तविकतामा रहेर काम गर्नुपर्छ । बीमा कम्पनीहरुले बीमा गर्ने बेलामा धेरै कुरा गर्ने तर दिने बेलामा अनोकौं बहाना ग¥यो भने सदस्यता कम हुँदै जान्छ ।’’

उहाँले बीमा क्षेत्रको सुधारका लागि नियामक निकाय बीमा प्राधिकरणले निर्मम भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले प्राधिकरणलाई कसैको प्रभावमा नपरी वास्तविकतामा रहेर काम गर्न निर्देशन दिनुभयो ।