सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।
शिक्षण पेसामा आबद्ध नेपालगञ्ज उपमहानगरपालिका –१८ का रवीन्द्र रेग्मीको मृत्यु भएको छ । सोमबार दिउँसो करिब २.३० बजेतिर बैठकमा जानु छ भन्दै घरबाट निस्किनुभएका रेग्मीको मङ्गलबार बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताउनुभएको छ । मङ्गलबार जनकपुरमा पत्रकारसँग कुरा गर्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले कोहलपुरका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका बालमैत्री वातावरण बनाउन लागि परेको छ । दैनिक हुने क्रियाकलापमा नगरपालिकाले अनिवार्य बालमैत्री स्थानीय शासनका सूचकमा टिकेर काम गरिरहेको छ ।
फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्याण्ड आइपुग्नु भएको छ ।
कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा पछिल्लो पाँच महिनाको अवधिमा करिब एक लाख धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेका छन् ।
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क ट्रेनिङ क्याम्प पनि हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी दुर्घटनामा ज्यान गुमाउनुभएकी डा. सञ्जु खड्कालाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ ।
बुटवलस्थित शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक सम्पर्कविहीन भएका छन् । सहकारीका अध्यक्ष प्रकाश खनालले बचतकर्तालाई रकम फिर्ता नगरी सम्पर्कविहीन भएका हुन् ।
नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ ।
हिमाली जिल्ला म्याग्दीको उत्तरी भेगमा पर्ने अन्नपूर्ण गाउँपालिकाले आगामी २०८२ चैत मसान्त सम्ममा बालमैत्री गाउँपालिकाको रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।