नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा धेरैको संलग्नता रहेको बताउनुभएको छ । बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालभाषाको म्युजिक भिडियो एल्बम ‘असं बजाः मंगः बजाः’ बिहीबार कीर्तिपुर पाँगामा सार्वजनिक गरिएको छ ।
लामो समयदेखि जङ्गली जनावरबाट यहाँका कृषक पीडित भएको गुनासो गरेका छन् । धनुषा र महोत्तरीका किसानका अनुसार जङ्गली जनावरको समस्याले उहाँहरूलाई खेती गर्न पनि मन लाग्दैन । ‘वर्षभरि मेहनत गरेको फल टिप्नेबेला जनावरले खाइदिन्छ, खेती गर्ने उत्साह मरेर गएको छ’ उहाँहरूको भनाइ छ ।
तत्काल उखुको अनुदान बक्यौता भुक्तानी र यो वर्षका लागि मूल्य तोक्न माग गर्दै उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले बिहीबार दिउँसो सर्लाहीको हरिवनमा संयुक्त पत्रकार सम्मेलनगरी आन्दोलनको घोषणा गरेका हुन् । किसानले यो वर्षका लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गर्नुभयो ।
पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकको शव सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा–३, नदीपुरमा भन्ने ठाउँमा फेला परेको छ ।
बाँके प्रहरीले ६ लाख बढीको सुनका विभिन्न गहनासहित एक भारतीय नागरिकलाई नेपालगन्जबाट पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहनु भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
कैलालीमा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते हुनुभएको थियो ।
घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी–२० क्रिकेट सिरिज जितेको छ । मुम्बईमा जारी सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा भारतले नेपाललाई सात विकेटले हरायो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बेग्ला-बेग्लै आयोजित विशेष समारोहमा उहाँहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अर्को साता हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले मोरङको रतुवामाइ ४ झुर्कियामा रतुवामाई नगर अस्पतालको १५ शय्याको अस्पताल भवनको बिहीबार शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो ।
सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ ।