बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालयहरूको खारेजी गर्ने व्यवस्थाबारे निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगसँग सम्बन्धित विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार निर्वाचन आयोग पुग्नुभएको थियो । कार्यालय खारेजीसम्बन्धी प्रस्तावबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग समेत छलफल गर्ने आयोगले जनाएको छ ।
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले पुराना तथा बढी धुवाँ फाल्ने सवारीसाधन विस्थापित गर्न र युरो–३ मापदण्डभन्दा माथिका सवारी आयात हुने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
एपीएफ क्लबका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवालले १६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा सफलता हात पार्नुभएको छ ।
‘‘प्लाष्टिक प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’’ मूल नाराकासाथ सप्तरीमा विश्व वातावरण दिवसको अवसरमा सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले लागुऔषध प्रयोगकर्ताको पहिचानका लागि किट प्रयोगमा ल्याएको छ । मान्मबजारमा लागुऔषध दुर्व्यसनी बढिरहेको आशङ्का प्रहरीले गरेपछि केही शङ्कास्पद युवाको परीक्षण गर्न दुई वटा कम्पनीको किट प्रयोग गरिरहेको छ ।
सप्तरीको महादेवा गाउँपालिका –१ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सरसफाइ, बाटोमा माटो पुर्ने तथा मर्मत लगायतको काम सुरुभएको हो ।
मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने पालिकाहरूका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरू छनौट गरिएको छ ।
हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीको कालावाङकी एक महिलालाई बाढीले बगाउँदा उहाँको मृत्यु भएको छ ।
इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
नेपाली सेनाले २०७९ चैत १४ गतेदेखि सुरु गरेको सफा हिमाल अभियान-२०२३ सम्पन्न भएको छ । सेनाले अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाई कार्य सम्पन्न गरेको हो ।
म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
धनकुटामा स्थानीय स्तरमा उत्पादित माछाको बजारमा प्रशस्त माग छ । खोलाको बगर आसपास अन्य बाली नलाग्ने ठाउँमा पोखरी बनाएर माछापालन गरिएको छ ।