चार दिनअघि सुनकोसी नदीमा जिप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजबिनको लागि सुनकोसी नदीको बहावलाई घटाउन मेसिन लगाएर अर्कोतर्फ पानी कटाउन थालिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकपेटीमा फोहोर फाल्ने दुई जनालाई पाँच–पाँच हजार रुपियाँका दरले जरिवाना गरेको छ ।
वरिष्ठ नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा कलाकार श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन् । हालै गरिएको कालोपत्रे पाँच दिनभित्रै उप्किन थालेपछि स्थानीयले गुणस्तरहीन काम भएको बताएका हुन् ।
राष्ट्रिय सभाले संविधान सभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बाँकेको जानकी गाउँपालिका –३ इन्द्रपुरमा रहेको मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियालाई एक वर्ष अघिसम्म उत्पादित प्लाइउड विक्री नभएर दैनिक हैरानी थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाउनुभएको छ । पाण्डेको ७२ वर्षको उमेरका जेठ १३ गते निधन भएको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन भएको छ ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम स्पर्धा ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ मंगलबार देखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ ।
विश्व वातावरण दिवसको अवसर पारेर आईयुसीएन–वर्ल्ड कमिसन अन इन्भाइरोमेन्टल ल नेपाल (डब्लूसीइएल) ले मधेश प्रदेशमा वातावरण संरक्षण ऐन निर्माणको माग गरेको छ ।
पूर्वी नवलपरासीका किसानले लामो सममयसम्म पानी नपर्दा धानको बीउ राख्न नपाएर किसान चिन्तित भएका छन् । जेठको तेस्रो साता सकिँदा समेत बीउ राख्न नपाएपछि किसान चिन्तित बनेका हुन् ।
नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्याउन्, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज (सोमबार) आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले स्वागत गरेको छ ।
गर्मी झन् बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विद्यालयमा दिएको विदा तीन दिन थप गरेको छ । यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा दिइएकोमा जेठ २६ गते शुक्रबारसम्म विदा थपिएको उपमहानगरको शिक्षा महाशाखाले जनाएको हो ।