• १३ असोज २०८१, आइतबार

बोका चोर्ने दुईजना पक्राउ

blog

तिलाचन पाण्डे

तम्घास, पुस १ गते  । गुल्मीमा बोका चोरेकाे आरोपमा  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा वडा नम्वर ७ का २३ वर्षीय विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

उनीहरुले चोरी गरेको बोकालाई काटेर केही मासु खाएको र केही बिक्री गरेको जानकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले दिनुभयो ।

उनीहरूलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ।