• १३ असोज २०८१, आइतबार

अध्यागमन अधिकृतसँग सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाउने दुई जना पक्राउ

blog

काठमाडौं, मङ्सिर २९ गते ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  ध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालगायत कर्मचारीमार्फत तीन सय जनाला सेटिङ मिलाएर भिजिट भिसामा पठाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार नक्कली कागजातको आधारमा प्रतिव्यक्ति ४० हजार रुपियाँदेखि ५५ हजार रुपियाँसम्म लि उडानमा सहजता प्रदान गरेको देखिएपछि अध्यागमनका अधिकृत खड्कालाई प्रहरीले मङ्सिर २७ गते नियन्त्रणमा लिएको थियो ।

त्यसपछि अनुसन्धानको क्रममा स्थायी घर काभ्रेपलाञ्चोक पाँचखाल भ हाल काठमाडौं बौद्ध बस्ने ३७ वर्षीय मनोज (तामाङ) लामा र रामेछाप घर भ हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३३ वर्षीय पदम लामालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुसँगको सेटिङमा भिजिट भिसामा विदेश जान लागेका युवकयुवतीलाई नक्कली कागजात बना विदेश पठाउने गरेका थिए ।  विदेश पुगेपछि महिलाहरुलाई घरेलु कामदारको रुपमा शोषण हुने र पुरुषले तोकिएको काम नपाउने जस्ता जोखिमपूर्ण समस्या भोग्नुपरेको छ ।

प्रहरीका अनुसार उनीहरुलाई लिखतसम्बन्धी कसुर अपराधमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको छ ।